भोलिदेखि शुक्रबारसम्म हरेक दिन कार्यकारी आदेश जारी गर्दै बाइडेन, अध्यागमनलाई शुक्रबार


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि सोमबारदेखि शुक्रबारसम्म हरेक दिन कार्यकारी आदेश जारी गर्ने भएका छन् । हरेक दिनका लागि कार्यकारी आदेश जारी गर्नका लागि फरक फरक विषय छुट्याइएको छ ।

२७ वटा कार्यकारी आदेश जारी गरिसकेका बाइडेनले सोमबार अमेरिकन उत्पादनलाई प्रोत्साहन गर्ने कार्यकारी आदेश जारी गर्नेछन् । बाइडेनले अमेरिकन एजेन्सीहरुलाई आफ्ना सामान र सेवा अमेरिकी कामदार र विजनेशबाट लिनुपर्ने प्रावधान लागु गराउन सोमबार कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।

मंगलबार बाइडेनले जातीय समानताका सन्र्दभमा कार्यकारी आदेश जारी गर्ने जनाइएको छ । त्यस्तै बाइडेनले मंगलबार जेलको अवस्था सुधारका लागि र प्राइभेट जेलहरु बन्द गराउने प्रकृयाको सुरुवातका लागि कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।

एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डरमाथि आवासमा हुने गरेको विभेद अन्त्यका लागि पनि मंगलबार बाइडेनको कार्यकारी आदेश जारी गर्ने जनाइएको छ । त्यस्तै तेश्रो लिंगीलाई सेनामा सेवा गर्नका लागि लगाइएको रोक पनि बाइडेनले उल्टाउने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनबाट १० वटा कार्यकारी आदेश जारी, युद्धको बेलामा सकृय बनाइने ऐनको प्रयोग

बुधबार बाइडेनले जलवायु परिवर्तनबारेका कार्यकारी आदेश जारी गर्नेछन् । जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षा प्राथमिकताका रुपमा स्तरोन्नती गर्ने तथा घरेलु रुपमा जलवायु परिवर्तनबिरुद्ध लड्ने विभिन्न कदमहरु बाइडेनले चाल्ने अपेक्षा गरिएको छ ।

बिहिबार हेल्थकेयरबारेका कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ । ट्रम्पले गर्भपतनसम्बन्धि काम गर्ने संस्थाहरुलाई अमेरिकी सहायतारकम उपलब्ध नगराउने नीति ल्याएकोमा बाइडेनले त्यसलाई उल्टाउने अपेक्षा गरिएको छ । बाइडेनले मेडिकेडलाई सुदृढ गर्ने लगायतका कार्यकारी आदेश जारी गर्ने जनाइएको छ ।

बाइडेनबाट फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेश जारी

शुक्रबार बाइडेनले अध्यामगनबारेका कार्यकारी आदेशहरु जारी गर्ने जनाइएको छ । बाइडेनले केही एसाइलम सम्बन्धि कार्यकारी आदेश जारी गर्नेछन् भने ट्रम्प कार्यकालमा विछोडिएका परिवारको पुनर्मिलनका लागि टास्क फोर्स समेत बनाउने अपेक्षा गरिएको छ ।

नागरिकताको प्रकृयाको पुनरावलोकन र पब्लिक चार्जको नियमको पुनरावलोकनका सन्दर्भमा पनि बाइडेनले शुक्रबार नै कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ । शुक्रबार नै शरणार्थी सम्बन्धि कार्यकारी आदेश जारी गर्ने बताइएपनि उक्त आदेश भने अर्को साताका लागि समेत पछि सार्न सकिने जनाइएको छ ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com