बाइडेनबाट १० वटा कार्यकारी आदेश जारी, युद्धको बेलामा सकृय बनाइने ऐनको प्रयोग


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन आज अमेरिकी राष्ट्रपति जो बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना महामारीको सामना गर्ने सम्बन्धमा बाइडेनले ती कार्यकारी आदेशहरु जारी गरेका हुन् ।

पहिलो दिन १५ वटा कार्यकारी आदेश र २ वटा कदममा हस्ताक्षर गरेका बाइडेनले आज दोश्रो दिन कोरोनाबिरुद्धको भ्याक्सिन उत्पादन र वितरण सहज बनाउने लगायतका कैयन कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । भ्याक्सिन वितरण तीब्र बनाउने, परीक्षणहरु बढाउने, अत्यावश्यक सामाग्रीहरुको उत्पादन बढाउन संकटकालिन कानून सकृय बनाउने लगायतका कार्यकारी आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाइडेनले कोरोना महामारीको सामना गर्न युद्धको बेला उठाउने कदमहरु समेत उठाएका छन् । कोरोनाको महामारीका कारण दोश्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरुभन्दा धेरै अमेरिकनको मृत्यु भइसकेकाले युद्धकालिन कदम उठाउनुपरेको बाइडेनले बताएका छन् ।

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

भ्याक्सिन वितरण, विद्यालयहरु सुरक्षित तरिकाले खोल्ने र महामारीको सामना गर्ने योजनाहरुसहित बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । बाइडेनको कार्यकारी आदेशमा भ्याक्सिन वितरण केन्द्रहरुको संख्या बढाउनुका साथै संघीय सामुदायिक भ्याक्सिन वितरण केन्द्रहरु खोल्ने सम्मका योजनाहरु रहेका छन् ।

डिफेन्स प्रोडक्सन ऐन लगाएर भ्याक्सिन उत्पादनको काम बढाउनेदेखि धेरैभन्दा धेरैलाई भ्याक्सिन वितरणका लागि विभिन्न योजनाहरु बनाउने कदम बाइडेनले चालेका छन् । यो ऐन लगाएर भ्याक्सिन उत्पादनका लागि आवश्यक पर्ने अत्वाश्यक सामाग्रीहरुको उत्पादनमा तीब्रता दिइने भएको छ ।

बाइडेनले आफ्नो कार्यकालको सुरुको एकसयदिनमा १ सय मिलियनलाई भ्याक्सिन वितरण गर्ने योजना बनाएका छन् । राज्य र स्थानीय स्तरमा महामारीको सामना गर्न थप रकम उपलब्ध गराइने भएको छ ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

बाइडेनको कार्यकारी आदेश अनुशार अमेरिका आउने यात्रुहरुको आउनु अगाडि कोरोनो नेगेटिभ रिपोर्ट अनिवार्य हुनेछ भने अमेरिका आइसकेपछि १४ दिन सेल्फ क्वारेन्टीनमा बस्नुपर्नेछ ।

आफ्नो कार्यकालको पहिलो दिन १५ वटा कार्यकारी आदेश र दुईवटा महत्वपूर्ण कदममा बाइडेनले हस्ताक्षर गरेका थिए । पहिलो दिन बाइडेनले ट्रम्पकालिन कैयन नीतिहरु उल्टाउने आदेशमा समेत हस्ताक्षर गरेका थिए ।

आज दोश्रो दिन बाइडेनले हस्ताक्षर गरेका १० वटा कार्यकारी आदेशहरु, पूर्ण पाठसहित

घरेलु र अन्तर्राष्ट्रिय यात्रामा कोभिड १९ बाट सुरक्षालाई बढावा दिने कार्यकारी आदेश

कोरोनाको उपचारमा पहुँच सुधार र विस्तारबारे कार्यकारी आदेश

कोरोना र भविष्यमा आउनसक्ने स्वास्थ्य खतरा सम्बन्धमा डेटा संचालित प्रतिक्रिया सुनिश्चित गर्न कार्यकारी आदेश

कोरोनाबिरुद्ध गभर्नरबाट नेशनल गार्ड परिचालनमा संघीय सहायता विस्तार गर्ने मेमो

एक स्थायी सार्वजनिक स्वास्थ्य आपूर्ति श्रृंखलामा कार्यकारी आदेश

महामारीबिरुद्धको न्यायसंगत प्रतिक्रिया र रिकभरी सुनिश्चित गर्न कार्यकारी आदेश

विद्यालयहरू र प्रारम्भिक बाल्यशिक्षा पुन: खोल्न र कार्य सञ्चालनलाई समर्थन गर्न कार्यकारी आदेश

कामदारको स्वास्थ्य, सुरक्षा संरक्षणको कार्यकारी आदेश

कोरोना महामारीबिरुद्धको अन्तर्राष्ट्रिय कदममा अमेरिकाको विश्वब्यापी नेतृत्व सुदृढ गर्न राष्ट्रिय सुरक्षा निर्देशन

कोरोना महामारी परीक्षण बोर्डको स्थापना र कोरोना तथा अन्य जैविक खतराबिरुद्ध एक दिगो सार्वजनिक स्वास्थ्य कार्यबलको सुनिश्चितताका लागि कार्यकारी आदेश

Biden Signs 15 Executive Actions And 2 Agency Actions, See The Full List

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com