बाइडेनबाट फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेश जारी


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

आज कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

पहिलो कार्यकारी आदेशले कार्यकारी आदेशले विद्यालयहरु बन्द भएको अवस्थामा बालबालिकाहरुले विद्यालयबाट उपलब्ध हुने निशुल्क खानाहरु प्राप्त गर्न नसकेको अवस्थामा बालबालिकाहरुका लागि महामारी ईबीटीको रकम १५ प्रतिशत बढाउने र तत्कालका लागि तीन वा त्यो भन्दा बढी बच्चाहरु भएको परिवारमा हरेक दुईमहिनामा अतिरिक्त १ सय डलर सहायता प्रदान गर्नेछ ।

बाइडेनको पछिल्लो कार्यकारी आदेशले १२ मिलियन परिवारको फुड स्ट्याम्पको साप्ताहिक सुविधा १५ देखि २० प्रतिशत बढाउनेछ । त्यस्तै पाउनुपर्ने आर्थिक सहायता प्राप्त नगरेका ८० लाखलाई प्रत्यक्ष भुक्तानीको उचित र प्रभावकारी डेलिभरी सुनिश्चित गर्न ट्रेजरी डिपार्टमेन्टलाई निर्देशन दिइएको छ ।

दोश्रो कार्यकारी आदेशले संघीय सरकारको काम गर्नेहरुको न्यूनतम तलब १५ डलर प्रतिघण्टा बनाएको छ । कामदार र सम्झौतामा काम गर्नेहरुको समेत तलबबृद्धि गर्नेछ ।

बेरोजगार अमेरिकीहरूले आफ्नो बिल तिर्न असुरक्षित स्थानमा काम गर्ने वा आफ्नो परिवारलाई सुरक्षित राख्ने बीचमा छनौट गर्नुपर्ने अवस्थालाई पनि कार्यकारी आदेशले सम्बोधन गरेको छ । काम गर्ने स्थान असुरक्षित भएको खण्डमा काम अस्वीकार गरेर बेरोजगार बीमा रकम प्राप्त गर्नसकिने छ ।

बाइडेनबाट १० वटा कार्यकारी आदेश जारी, युद्धको बेलामा सकृय बनाइने ऐनको प्रयोग

बाइडेनले तीनदिनको अवधिमा २७ कार्यकारी आदेश र दुईवटा अन्य कदममा हस्ताक्षर गरिसकेका छन् । राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । कोरोना महामारीको सामना गर्ने सम्बन्धमा बाइडेनले ती कार्यकारी आदेशहरु जारी गरेका हुन् ।

बाइडेनले दोश्रो दिन कोरोनाबिरुद्धको भ्याक्सिन उत्पादन र वितरण सहज बनाउने लगायतका कैयन कार्यकारी आदेशमा हस्ताक्षर गरे । भ्याक्सिन वितरण तीब्र बनाउने, परीक्षणहरु बढाउने, अत्यावश्यक सामाग्रीहरुको उत्पादन बढाउन संकटकालिन कानून सकृय बनाउने लगायतका कार्यकारी आदेशमा बाइडेनले हस्ताक्षर गरेका थिए ।

बाइडेनले कोरोना महामारीको सामना गर्न युद्धको बेला उठाउने कदमहरु समेत उठाएका छन् । कोरोनाको महामारीका कारण दोश्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरुभन्दा धेरै अमेरिकनको मृत्यु भइसकेकाले युद्धकालिन कदम उठाउनुपरेको बाइडेनले बताएका छन् ।

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

भ्याक्सिन वितरण, विद्यालयहरु सुरक्षित तरिकाले खोल्ने र महामारीको सामना गर्ने योजनाहरुसहित बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । बाइडेनको कार्यकारी आदेशमा भ्याक्सिन वितरण केन्द्रहरुको संख्या बढाउनुका साथै संघीय सामुदायिक भ्याक्सिन वितरण केन्द्रहरु खोल्ने सम्मका योजनाहरु रहेका छन् ।

डिफेन्स प्रोडक्सन ऐन लगाएर भ्याक्सिन उत्पादनको काम बढाउनेदेखि धेरैभन्दा धेरैलाई भ्याक्सिन वितरणका लागि विभिन्न योजनाहरु बनाउने कदम बाइडेनले चालेका छन् । यो ऐन लगाएर भ्याक्सिन उत्पादनका लागि आवश्यक पर्ने अत्वाश्यक सामाग्रीहरुको उत्पादनमा तीब्रता दिइने भएको छ ।

बाइडेनले आफ्नो कार्यकालको सुरुको एकसयदिनमा १ सय मिलियनलाई भ्याक्सिन वितरण गर्ने योजना बनाएका छन् । राज्य र स्थानीय स्तरमा महामारीको सामना गर्न थप रकम उपलब्ध गराइने भएको छ ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

बाइडेनको कार्यकारी आदेश अनुशार अमेरिका आउने यात्रुहरुको आउनु अगाडि कोरोनो नेगेटिभ रिपोर्ट अनिवार्य हुनेछ भने अमेरिका आइसकेपछि १४ दिन सेल्फ क्वारेन्टीनमा बस्नुपर्नेछ ।

आफ्नो कार्यकालको पहिलो दिन १५ वटा कार्यकारी आदेश र दुईवटा महत्वपूर्ण कदममा बाइडेनले हस्ताक्षर गरेका थिए । पहिलो दिन बाइडेनले ट्रम्पकालिन कैयन नीतिहरु उल्टाउने आदेशमा समेत हस्ताक्षर गरेका थिए ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com