यसरी आफै दिनुहोस् अमेरिकी नागरिकताका लागि आवेदन


प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार

Apply online

यदि तपाईले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको ४ बर्ष ९ महिना पूरा भएको छ भने तपाई अमेरिकी नागरिकता आवेदनका लागि योग्य हुनसक्नुहुनेछ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड पाउनेहरु भने २ बर्ष ९ महिनामा अमेरिकी नागरिकता आवेदन दिन योग्य हुनसक्छन् । त्यस्तै एसाइलमबाट ग्रिनकार्ड प्राप्त गरेर नागरिकता आवेदन दिन चाहनेहरुले आई ४८५ स्वीकृत भएको मितिले ३ बर्ष ९ महिनामा आवेदन दिन सक्छन् । त्यसका लागि तपाइले एन ४०० आवेदन भर्नुपर्छ ।

तर अमेरिकी नागरिकता आवेदन दिनका लागि अन्य आवासीय मापदण्डहरु पनि पूरा गरेको हुनुपर्छ । आवासीय मापदण्ड अनुशार सामान्यतया अमेरिकाबाहिर यात्रा गर्दा एकपटकमा ६ महिनाभन्दा बढी अवधि बसेको हुनुहुँदैन भने ५ बर्षको अवधिमा कम्तीमा ३० महिना अमेरिकाभित्रै बसेको हुनुपर्छ ।

अमेरिकी नागरिकता पाप्त गर्न योग्यताबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई आवेदन दिन योग्य हुनुहुन्छ भने तपाईले अनलाइन वा हुलाकमार्फत फर्म भरेर आवेदन दिन सक्नुहुनेछ । हुलाकमार्फत फर्म भरेर आवेदन दिनुभन्दा अनलाइनबाट आवेदन दिनु निकै सहज हुन्छ भने अनलाइनबाट दिइएको आवेदनमा तपाईले युएससीआईएसबाट प्राप्त हुने पत्रहरु सबै अनलाइनमा नै प्राप्त गर्नसक्नुहुनेछ भने थप कागजात आवश्यक हुँदासमेत अनलाइनबाट अपलोड गर्न सक्नुहुनेछ ।

यदि अनलाइनबाट आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लीक गरेर आफ्नो एकाउन्ट बनाउनुहोला ।

यदि कागजी फर्म भरेर आवेदन दिन चाहनुहुन्छ भने अनलाइनमार्फत फर्म डाउनलोड गर्न सक्नुहुनेछ । फर्म डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला ।

अमेरिकी नागरिकताका लागि आवेदन दिंदा ५ बर्षको अवधिमा तपाईले अमेरिकाबाहिर कुनकुन मितिमा कति कति अवधि यात्रा गर्नुभयो, ५ बर्षको अवधिमा अमेरिकाभित्र कुनकुन मितिमा कुनकुन ठेगानामा बस्नुभयो र ५ बर्षको अवधिमा अमेरिकामा कुनकुन रोजगारदातासँग कुनकुन मिति र अवधिमा काम गर्नुभयो, सम्पूर्ण विवरण तयारी अवस्थामा राख्नुपर्छ ।

अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्ने मुख्य ५ गल्तीहरु

हुलाकबाट आवेदन फाइल गर्दा तपाई बस्ने राज्य अनुशार तपाईले आवेदन पठाउने ठेगाना पनि फरकफरक हुन्छ । त्यस्तै युएसपीएसमार्फत पठाउने ठेगाना र अन्य कुरियर सेवाबाट पठाउने ठेगाना पनि फरक फरक हुन्छ ।

अहिलेको अवस्थामा अमेरिकी नागरिकता आवेदन दिंदा ६४० डलर शुल्क लागछ । त्यो बाहेक ८५ डलर बायोमेट्रिक शुल्क समेत बुझाउनुपर्छ । अनलाइनबाट फर्म भर्दा यो शुल्क अनलाइनबाट तिर्न सकिन्छ । तर हुलाकबाट फर्म पठाउँदा मनी अर्डर, पर्सनल चेक, क्यासियर चेक मार्फत तिर्न सकिन्छ । फर्म जी १४५० भरेर क्रेडिटकार्डको विवरण दिएर पनि तिर्न सकिन्छ । चेक पठाउँदा युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नाममा पठाउनुपर्छ ।

कति शुल्क तिर्ने भन्ने थाहा पाउन यहाँ क्लीक गर्न सक्नुहुनेछ ।

सैन्य आवेदनका लागि कुनै शुल्क लाग्दैन । त्यस्तै ७५ बर्ष वा त्यो भन्दा माथिको व्यक्तिले बायोमेट्रिक शुल्क तिर्नुपर्दैन । आवेदन शुल्क ६४० डलरमात्र तिरे पुग्छ ।

यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता

एन ४०० आवेदनका साथमा आवश्यक कागजात पनि पठाउनुपर्छ । अनलाइनबाट आवेदन दिंदा त्यस्ता कागजात अनलाइनमै अपलोड गर्न सकिन्छ । ग्रिनकार्डको स्क्यान कपी, विवाह गरेकाहरुले विवाहको प्रमाणपत्र, बच्चाहरु हुनेहरुले जन्मदर्ताको प्रमाणपत्र, दम्पत्तिको निधन भएकाहरुले मृत्यु प्रमाणपत्र लगायतका कागजातहरु अनलाइनबाट अपलोड गर्न सकिन्छ । हुलाकमार्फत आवेदन दिनेले यी कागजातको फोटोकपी हुलाकमार्फत पठाउन सकिन्छ । अमेरिकी सेनामा हुनेले अन्य सन्बन्धित थप कागजात बुझाउनुपर्छ ।

यसरी बनाउनुहोस् युएससीआईएसमा अनलाइन एकाउन्ट (भिडियोसहित )

यसरी सबै कागजात र फर्म बुझाइसकेपछि तपाईको बायोमेट्रिकको अप्वाइन्टमेन्ट आउँछ । यदि युएससीआईएसले थप कागजातको माग गरेको खण्डमा अनलाइनबाट आवेदन दिनेले अनलाइनमार्फत र हुलाकबाट आवेदन दिनेले हुलाकमार्फत पठाउनुपर्छ । बायोमेट्रिकपछि तपाईको अन्तरवार्ताको अप्वाइन्टमेन्ट प्राप्त हुन्छ ।

 

अन्तरवार्ताका क्रममा तपाईले अँग्रेजी भाषा बोल्न, लेख्न र पढ्न जानेको परीक्षण गरिन्छ । साथै तपाईले अमेरिकी राजनीति, इतिहास र भूगोलबारे पनि विभिन्न प्रश्नको सही जवाफ दिनुपर्छ । अन्तरवार्ता उत्तिर्ण गरेपछि तपाईलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने र सपथ ग्रहण गर्ने मिति दिइन्छ । त्यहाँ उपस्थीत भएर सपथ लिएपछि र नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि तपाई अमेरिकी नागरिक बन्नुहुन्छ ।

अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com