यसरी बनाउनुहोस् युएससीआईएसमा अनलाइन एकाउन्ट (भिडियोसहित )


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

तपाईले झण्डै १० प्रकारका आवेदनहरु युएससीआईएसमा अनलाइनमार्फत फाइल गर्न सक्नुहुन्छ । अनलाइनबाट फाइल गर्दा छरितोमात्र होइन, कागजात पठाउन र प्राप्त गर्न पनि निकै सजिलो हुन्छ । हाल ठेगाना परिवर्तन, ग्रिनकार्डको रिप्लेसमेन्ट, पारिवारिक ग्रिनकार्ड आई १३०, भिसाको अवधि थप्ने आई ५३९ आवेदन, अमेरिकी नागरिकताको आवेदन लगायतका कैयन आवेदनहरु अनलाइनमार्फत नै दिन सकिन्छ ।

अनलाइनबाट आवेदन दिनका लागि सुरुमा uscis.gov/file-online मा क्लिक गर्नुहोस् । त्यसपछि आफूले आवेदन दिन चाहेको फर्म छनौट गर्नुहोस् ।

त्यसपछि तपाई https://myaccount.uscis.gov/ पेजमा जानुहुन्छ । त्यहाँ तपाईले Create an Account मा क्लिक गर्नुपर्छ । तपाईले आफ्नो इमेल ठेगाना राखेपछि Sign Up मा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाईलाई एउटा इमेल प्राप्त हुन्छ । उक्त इमेलमा क्लिक गरेर कन्फर्म गरेपछि तपाई पासवर्ड राख्ने ठाउँमा आउनुहुन्छ । कृपया बलियो पासवर्ड राख्नुहोस् ।

पासवर्ड राखेर SUBMIT गरिसकेपछि तपाईका लागि आफ्नो एकाउन्ट सुरक्षित गर्ने विभिन्न विकल्पहरु प्राप्त हुनेछ । तपाईले इमेल वा फोनमार्फत हरेकपटक एकाउन्ट साइन इन गर्दा कोड प्राप्त गर्ने विकल्प छान्न सक्नुहुनेछ ।

त्यसपछि तपाईले पासवर्ड रिसेट गर्नुपरेमा आवश्यक पर्ने प्रश्नोत्तर भर्नुपर्छ । यी सुरक्षा प्रश्नहरु तपाईले याद गर्न जरुरी छ । यदि पासवर्ड विर्सेको खण्डमा तपाईलाई यी प्रश्नहरु सोध्न सकिनेछ । यस्ता ५ वटा प्रश्नहरुको जवाफ तपाईले भर्न जरुरी छ ।

त्यसपछि तपाई युएससीआईएसको एकाउन्ट पेजमा जानुहुनेछ । यदि तपाईले कुनै आवेदन दिनुपर्ने छ भने माई युएससीआईएसमा क्लिक गरेर आवेदन सुरु गर्न सक्नुहुनेछ ।

तपाईले आवेदन फाइल गर्न र शुल्क समेत कम्प्युटरबाटै तिर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com