यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुलाई सिभिक टेस्ट अन्तरगत विभिन्न १ सय वटा प्रश्नहरुबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये आवेदकले अमेरिकी नागरिकता प्राप्त गर्नका लागि कम्तीमा ६ वटाको सही उत्तर दिनुपर्छ ।

अन्तरवार्ताका बारेमा तयारी गर्दा अमेरिकाको इतिहास लगायतका विषयमा जानकारी हुन जरुरी छ । अन्तरवार्ताका क्रममा अँगेजी बोल्न र लेख्न जाने नजानेको बारेपनि परिक्षण गरिन्छ । कुनै अँग्रेजी बाक्य भनेर त्यसलाई लेख्न लगाइन्छ । उनीहरुले एकपटकमात्र भन्ने भएकाले ध्यान दिएर सुन्न जरुरी हुन्छ । त्यसपछि त्यसलाई लेख्न सक्नुपर्छ । कुनै पनि बाक्य उनीहरुले भनेर लेख्न लगाउँछन् । त्यो तुरुन्त लेख्न सक्नुपर्छ ।

नागरिकताको अन्तरवार्ताका क्रममा धेरैजसो अमेरिकाका तीनवटा सरकारी अंगहरुको बारेमा सोधिन्छ । तिनीहरुको काम के हो, प्रमुख के हुन्छ भन्नेबारे सोधिन्छ । एकदुईवटा प्रश्न यी विषयहरुमा हुन्छ । भौगोलिक अवस्थाबारे र इतिहासबारे पनि प्रश्नहरु आउनसक्छन् । कतिपय अधिकारीहरुले कठिन प्रश्नहरु पनि सोध्न सक्छन् । प्राय पाँचवटा प्रश्नहरु साधारणखालको हुने गर्छन् भने बाँकी पाँचवटा अलिक अप्ठ्यारा खालका हुनसक्छन् ।

आफ्नो योग्यता परिक्षणका लागि यहाँ क्लिक गर्नुहोला ।

तपाईले अन्तरवार्तामा सिभिक टेस्टका लागि आफू योग्य भए नभएको अमेरिकी सरकारकै वेवसाइटबाट जाँच्न सक्नुहुन्छ भने अब आईफोन र एन्ड्रोइडमा त्यसका लागि एप्लिकेशनको व्यवस्था पनि गरिएको छ । तर वेवसाइटबाट जाँच्दा तपाईले चारवटा विकल्पहरुमध्ये एउटा छान्न दिइएपनि वास्तविक अन्तरवार्तामा भने सिधा प्रश्न सोधिन्छ, उत्तर आफैले दिनुपर्छ, विकल्प छान्न पाइदैन ।

अन्तरवार्तामा अनुत्तिर्ण भएमा उनीहरुले अर्को पटकका लागि एक मौका दिन्छन् । दोश्रो मौका सम्म तयारीका लागि समय दिइन्छ । दोश्रोपटक पनि उत्तिर्ण हुन नसकेमा आवेदन अस्वीकृत हुन्छ । त्यसपछि आवेदकले अपिल गर्न पाउँछन् । अपिल गरेपछि पुन अन्तरवार्ताका लागि बोलाइन्छ । यसरी तीनपटकसम्म मौका दिइन्छ ।

अँगेजी बोल्न नसक्ने, उमेर छिप्पिएको, स्मरण गर्न नसक्ने अवस्था रहेमा वेभरका लागि आवेदन दिन सकिन्छ । त्यसका लागि अपांगता सम्बन्धी वेभर हुन्छ । गैर नाफामुलक संस्थाहरुले त्यस्तो वेभरका लागि सेवा प्रदान गर्छन् । डाक्टरले स्मरणशक्ति परिक्षण गरेर मेडिकल सर्टि्फिकेट दिन्छन् । त्यस आधारमा अँग्रेजी बोल्न नसक्ने वा स्मरण गर्न नसक्नेहरुले पनि नागरिकता लिनसक्ने अवस्था रहन्छ ।

आइफोनमा एप्लिेकेशन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोला ।

एन्ड्रोइडमा एप्लिेकेशन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com