न्युयोर्कमा कोरोना संक्रमितको दर ३० दिनदेखि १ प्रतिशतभन्दा कम


प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार

न्युयोर्कमा कोरोना संक्रमितको दर ३० दिनदेखि नै लगातार १ प्रतिशतभन्दा कम रहेको छ । आइतबार न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कमा ३० दिनयता परीक्षण गरिएकाहरुमध्ये १ प्रतिशतभन्दा कममा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

शनिबार परीक्षण गरिएकाहरुमध्ये शुन्य दशमलव ८५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको थियो । न्युयोर्कमा अस्पताल भर्ना हुनेहरुको संख्या पनि घटेर ४१० मा झरेको छ, जुन मार्च १६ यताकै सबैभन्दा कम हो ।

गभर्नर कुमोले न्युयोर्कमा संक्रमण दर कम रहेको र हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायतका नियम पालना गरिराखेर यसलाई न्युयोर्कबासीले अझ कम गर्नसक्ने बताएका छन् । आजको न्युयोर्कबासीको गतिविधिले भोलिको संक्रमणदर निर्धारण हुने उनले बताए ।

न्युयोर्कमा शनिबार कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

शनिबार न्युयोर्कका १३९० स्थानमा जाँच गरिएकोमा ८ स्थानमा उल्लंघन भएको पाइएको कुमोले जनाएका छन् ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ९३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । जसमध्ये न्युयोर्कमा ३३ हजार बढीको ज्यान गएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com