विश्व स्वास्थ्य संगठन आवद्ध भ्याक्सिन वितरण र विकाश प्रयासमा अमेरिका सहभागी नहुने


प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार

विश्व स्वास्थ्य संगठन आवद्ध कोरानाबिरुद्धका भ्याक्सिन वितरण र विकाश प्रयासमा सहभागी नहुने अमेरिकाले घोषणा गरको छ । अहिले कोरोनाबिरुद्धको भ्याक्सिन विकाश, निर्माण र वितरणका विश्वब्यापी प्रयासमा विश्व स्वास्थ्य संगठनसमेत आवद्ध रहेकाले आफूहरु त्यसमा सहभागी नहुने ट्रम्प प्रशासनले निर्णय गरेको हो ।

विश्वका १७० भन्दा धेरै देशहरु विश्व स्वास्थ्य संगठन आवद्ध विश्वब्यापी कार्यक्रम कोभ्याक्समा सहभागी हुन छलफल गरिरहेका छन् । जसले कोरोनाबिरुद्धको भ्याक्सिनलाई गति दिने, सबै देशका लागि भ्याक्सिन सुरक्षित गराउने र वितरण गर्ने लक्ष्य लिएको छ । यो योजनाको सह नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ ।

ह्वाइटहाउसले विश्व स्वास्थ्य संगठनसँग काम गर्न नचाहेका कारण अमेरिकाले यो प्रयासमा सहभागिता नजनाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको प्रतिकृया चीन केन्द्रीत रहेको भन्दै सुरुदेखि नै विरोध जनाउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइटहाउसका एकजना प्रवक्ताले कोरोनाबिरुद्धको लडाईमा अमेरिकाले विश्वभर रहेका अन्तर्राष्ट्रिय पार्टनरहरुसँग निरन्तर काम गर्ने तर भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित बहुपक्षीय संस्थाहरुसँग काम नगर्ने बताएका छन् । अमेरिकाको यो निर्णयले अमेरिकाको स्वास्थ्य कुटनीतिमा नयाँ स्वरुप आउनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाले औषधी कम्पनीहरुसँग अन्य दुईपक्षीय सहमतिहरु कायम गर्दै अगाडि बढ्नुका साथै कोभ्याक्समा सहभागिता पनि छाड्न नहुने कतिपय विज्ञहरुले सुझाव दिएका छन् । कोभ्यास स्थापनाका पछाडि हरेक देशमा रहेका उच्च जोखिमपूर्ण जनसंख्यालाई कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध गराउने लक्ष्य समेत रहेको छ ।

उक्त प्रयासमा अमेरिका सहभागी नभएमा कठिन अवस्था आउनसक्ने जनाइएको छ । ट्रम्प प्रशासनका केही सदस्यहरु कोभ्याक्स प्रयासमा समेत सहभागी हुनेमा सकारात्मक देखिएका थिए । तर अन्तत अमेरिकाले यसमा सहभागी नहुने निर्णय गरेको छ ।

गत अप्रिलमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई नयाँ डोनेशन रकम रोकेका थिए । त्यसपछि जुलाईमा विश्व स्वास्थ्य संगठनबाट अलग हुने आशयको पत्र पठाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com