अमेरिकामा भाडा तिर्न नसक्ने भाडावाललाई डिसेम्बर ३१ सम्म घरबाट निकाल्न नपाइने


प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार

अब अमेरिकामा भाडा तिर्न नसक्ने भाडावाललाई घरवेटीहरुले डिसेम्बर ३१ सम्म घरबाट निकाल्न नपाउने भएका छन् । ट्रम्प प्रशासनले एक निर्देशन जारी गर्दै कोरोनाको फैलावट रोक्नका लागि निश्चित भाडावाललाई घरबाट निष्काशन गर्न डिसेम्बर अन्त्यसम्म रोक लगाएको छ ।

स्थानीय, राज्य र संघीय सरकारले कोरोना महामारीमा घरबाट निष्काशनमा रोक लगाउने नियम स्वीकृत गरेका थिए । ट्रम्प प्रशासनको नयाँ आदेश गत अगस्तमा ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँग सम्बन्धित छ ।

भाडा तिर्न नसक्नेहरुलाई घरबाट निष्काशन गर्नमा सीडीसीले रोक लगाएको हो । तर त्यसका लागि भाडावालको आम्दानीको गाइडलाइन तय गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यकारी आदेशले १ लाख ९८ हजार भन्दा कम आम्दानी भएका दम्पत्ति र ९९ हजारभन्दा कम आम्दानी हुने एकल व्यक्तिलाई समेटेको छ । अर्थात् उक्त आम्दानीभन्दा कम हुनेहरुलाई भाडा नरितेका कारण घरवेटीहरुले डिसेम्बरको अन्त्यसम्ममा निष्काशन गर्न पाउने छैनन् ।

साथै उनीहरुले भाडाका लागि सरकारको सहायता खोजेको समेत प्रमाणित गर्न सक्नुपर्नेछ । त्यस्तै कोरोनाको महामारीका कारण भाडा तिर्न नसकेको कुरा औपचारिक रुपमा घोषणा गर्नुपर्छ । साथै उनीहरु घरबाट निकालिएको खण्डमा होमलेस हुने कुरा प्रमाणित गर्न सक्नुपर्छ ।

यदि भाडावाल र घरवेटीबीच विवाद भएको खण्डमा स्थानीय अदालतले त्यसको समाधान गर्नेछन् । अब कोरोना महामारीका कारण भाडा तिर्न संघर्ष गरिरहेकाहरुले अब चिन्ता गर्नु नपर्ने ह्वाइट हाउसका कार्यकारी प्रेस सेक्रेटरीले बताउका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com