कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधन


प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार

कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको पुष्टि गरेका छन्।

भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो। अगस्ट १० मा उनले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताएका थिए।

मुखर्जी केही समयदेखि कोमामा थिए। भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले लगायतले समवेदना प्रकट गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुखर्जीको निधनमा दुःख प्रकट गर्दै भारतीय जनता र सरकार तथा शोकाकुलसँग समवेदना व्यक्त गरेका छन्।

पूर्व राष्ट्रपतिको सम्मानमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com