साप्ताहिक ३ सय : ६ राज्यमा पठाउन सुरु, क्यालिफोर्नियामा सेप्टेम्बर ७ देखि, अरु राज्यमा कहिले ?


प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार

क्यालिफोर्नियाले संघीय सरकारबाट काम गुमाएकालाई प्राप्त हुने अतिरिक्त ३ सय सेप्टेम्बर ७ बाट दिने भएको छ । संघीय आपतकालिन व्यवस्थापन एजेन्सीको स्वीकृतिपछि क्यालिफोर्नियाले रकम वितरणको तयारी गरेको हो ।

क्यालिफोर्नियाले कुल ४४ बिलियन संघीय बजेटको साढे ४ बिलियन पाउने भएको छ । सेप्टेम्बर ७ बाट रकम पठाउन सुरु गरेपनि अगस्त १ देखिकै साताबाट लागु हुनेगरी रकम पठाइने जनाइएको छ ।

कम्तीमा साप्ताहिक १ सय डलरका लागि योग्य हुने बेरोजगार वा पार्ट टाइम काम गरिरहेकालाई यो रकम पठाइने भएको छ । यो रकम कम्तीमा तीन साताका लागि उपलब्ध हुने भएको छ । थप साताका लागि रकम प्राप्त हुने नहुने कुराको निर्धारण बाँकी रहने बजेटका आधारमा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ३ सय डलर उपलब्ध गराउनका लागि ३५ राज्यहरुले स्वीकृति पाइसकेका छन् । जसमध्ये न्युयोर्क पनि एउटा हो । अहिलेसम्म टेक्सास र एरिजोना लगायत ६ वटा राज्यलेमात्र रकम पठाउन सुरु गरिसकेका छन् । अन्य राज्यहरुमा लुजियाना, मिजौरी, मोन्टाना र टेनेसी रहेका छन् ।

अधिकांश राज्यहरुले मध्य सेप्टेम्बर वा सेप्टेम्बरको अन्त्यसम्ममा रकम पठाउन सुरु गर्ने न्युयोर्क टाइम्सले जनाएको थियो । तर कतिपय राज्यले सेप्टेम्बरको पहिलोसाता पनि पठाउन सुरु गर्ने अनुमान गरिएको छ ।

काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलर दिनेमा अहिलेसम्म डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच सहमति कायम भएको छैन । राहत प्याकेज २ दशमलव २ ट्रिलियन डलरको बनाउनेमा सहमत नभएसम्म ह्वाइटहाउससँग वार्ता अगाडि नबढ्ने हाउस स्पीकर न्यान्सी पेलोसीले अडान लिएकी छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com