जनवरी २० सम्म चुनावको नतिजा नआए अमेरिकाको कार्यवाहक राष्ट्रपति पेलोसी


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

आगामी जनवरी २० सम्म पनि राष्ट्रपति चुनावको नतिजा नआएमा अमेरिकाको कार्यवाहक राष्ट्रपति न्यान्सी पेलोसी हुने न्युजर्सी सुपरेरियर कोर्टका पूर्व न्यायाधिस तथा कानुनविद एन्ड्रयु नेपोलिटानोले बताएका छन् । उनले भनेका छन् – ‘२०२० को अमेरिकी राष्ट्रपति चुनावको नतिजा ढिलो भएमा न्यान्सी पेलोसीले स्वत कार्यवाहक राष्ट्रपतिको जिम्मा लिनेछिन् ।’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको अवधि सन् २०२१ को जनवरी २० को मध्यान्हमा समाप्त हुनेछ । त्यतीन्जेलसम्म इलेक्टोरल कलेजले ट्रम्प वा जो बाइडेनलाई नयाँ राष्ट्रपति चुन्न नसकेमा हाउस स्पीकर स्वत कार्यवाहक राष्ट्रपति बन्ने नियम रहेको छ । ट्रम्पसँगै उपराष्ट्रपतिको कार्यकालपनि सकिने भएकाले राष्ट्रपति वा उपराष्ट्रपति दुबैको रिक्ततामा हाउस स्पीकार नै कार्यवाहक राष्ट्रपति बन्न पाउँछन् ।

अमेरिकामा कोरोनाको महामारीका कारण यसपटक चुनावको नतिजा केही ढिलो हुने अनुमान गरिएको छ । हुलाकमार्फत समेत मतदान धेरै हुने भएकाले मतगणनामा समेत समय लाग्नेछ ।

कानुनविद नेपोलिटानोले भने – ‘हाउसमा डेमोक्र्याट्सहरुको बहुमत कायमै रहने देखिन्छ । यो अवस्थामा उनीहरुले न्यान्सी पेलोसीलाई स्पीकर छनौट गरेमा र जनवरी २० सम्म पनि चुनावी नजित नआएमा पेलोसी नै अमेरिकाको कार्यवाहक राष्ट्रपति हुनेछिन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्र्यासहरुले बहुमत प्राप्त गरेमा स्पीकरमा अरु कसैलाई चुन्न पनि सक्नेछन् । त्यस्तै हाउसमा रिपब्लिकनको बहुमत आएमा पनि उनीहरुले नयाँ स्पीकर चुन्नेछन् । सामान्य अर्थमा भन्दा जनवरी २० सम्म इलेक्टोलर कलेजले नयाँ राष्ट्रपति चुन्न नसके अमेरिकी हाउसको स्पीकार जो हुन्छ, उही नै कार्यवाहक अमेरिकी राष्ट्रपति हुनेछ ।

इलेक्टोरल कलेजले राष्ट्रपति छान्न नसकेको खण्डमा हाउसको जसको बहमत छ उसकै दलको व्यक्ति सन् २०२५ को जनवरी २० सम्म राष्ट्रपति हुनसक्ने प्रावधान रहेको छ । अमेरिकी इतिहासमा पहिले पनि यस्तो भएको जनाइएको छ । थोमस जेफर्सन त्यसरी नै अमेरिकाको राष्ट्रपति चुनिएका थिए ।

अमेरिकी संविधानको धारा २२ को सेक्सन १ को प्रावधान ५ मा राष्ट्रपतिका सन्दर्भमा विभिन्न प्रावधानहरु राखिएको छ । अमेरिकी राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मिएको हुनुपर्ने, कम्तीमा ३५ बर्ष उमेर पुगेको हुनुपर्ने र कम्तीमा १४ बर्ष अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com