बेलायतले नेपालमा कोरोना समस्या सम्बोधन गर्न ७ अर्ब १५ करोड सहयोग गर्ने


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

नेपाली लिङ्क

बेलायतले नेपालमा कोरोना प्रकोपका कारण उत्पन्न समस्या सम्बोधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा समाजकल्याण अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा बिहीबार भएको भिडिओ कन्फ्रेन्सपछि बेलायतले सो घोषणा गरेको हो ।

उक्त छलफलका क्रममा अहमदले नेपाललाई उक्त सहायता उपलब्ध गराउने घोषणा गरेका अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त छलफलमा अहमदले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग गर्न बेलायत सरकार इच्छुक भएको बताएका थिए ।

छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानून निर्माण गरिएको जानकारी गराएका सेतोपाटी अनलाइनले उल्लेख गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com