हरिकेन लोराबाट अमेरिकाको लुजियानामा ६ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ११, २०७७ बिहीबार

उष्ण कटबन्धीय तूफान हरिकेन लोराबाट अमेरिकाको लुजियानामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृतकहरु १४ देखि ६८ बर्षसम्मका रहेको जनाइएको छ ।

लुजियानाको लेक चाल्र्समा अधिकांश जलसेवामा पनि तूफानका कारण असर परेको छ । पानीका केही प्लान्टहरु संचालनमा रहेपनि त्यसबाट पूरै सहरलाई सेवा दिन भने नसकिने जनाइएको छ ।

यसैबीच तूफानले विद्युत आपूर्तिमा अवरोध उत्पन्न गर्दा मान्छेहरुले जेनेरेटर र कोइलाहरु प्रयोग गर्दा वातारणमा कार्बन मोनोक्साइड फैलिएर विशाक्त हुने सीडीसीले चेतावनी दिएको छ । कार्बन मोनोक्साइड जम्मा हुँदा सावधानी नपनाएको खण्डमा व्यक्तिको निसासिएर मृत्यु समेत हुनसक्ने खतरा रहन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भवन, गराज र कोठाहरुमा कार्बन मोनोक्साइड जम्मा हुन नदिन सीडीसीले सावधानीका लागि चेतावनी जारी गरेको हो । कार्बन मोनोक्साइडका कारण टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने लगायतका लक्षणहरु समेत देखिन सक्नेछ । बच्चाबच्ची, गर्भवती, बुढाबुढी र स्वास्थ्य समस्याभएकाहरुमा यसको असर सबैभन्दा धेरै पर्नेछ ।

यसैबीच टेक्सास र लुजियानमा झण्डै ८ लाख ग्राहकका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । लुजियानामामात्र ६ लाख १५ हजारका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com