न्युयोर्क राज्यमा लगातार १५ दिनदेखि संक्रमणदर न्यून, न्युयोर्क सिटीमा मृत्युदर शुन्यप्राय


प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार

क्वीन्सबोरो ब्रिजबाट देखिएको क्वीन्सतर्फको दृश्य । फोटो : खसोखास

न्युयोर्क राज्यमा लगातार १५ दिनदेखि कोरोनाको संक्रमणदर न्यून रहेको छ । त्यस्तै कोरोनाको संक्रमणबाट अस्पतालमा भर्ना हुने दर र आईसीयुमा भर्ना हुने दरमा पनि कमी आएको छ ।

न्युयोर्क राज्यमा संक्रमणदर अहिलेसम्मकै कम शुन्य दशमलव ६९ प्रतिशतमा झरेको । विगत १५ दिनदेखि न्युयोर्क राज्यमा संक्रमणदर एकप्रतिशत भन्दा कमी आएको गभर्नर एन्ड्रयु कुमोले शनिबार बताएका छन् ।

ज्याक्सनहाइटमा आउटडोर खानाखाने स्थल बनाएर संचालित रेष्टुरेण्ट । फोटो : खसोखास

शुक्रबार न्युयोर्कमा ९४ हजार ८ सय ४९ को परीक्षण गरिएकोमा ६ सय ५३ जनामा संक्रमण पुष्टी भएको थियो । शुक्रबार न्युयोर्क राज्यमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

मार्च १६ यता अस्पतालमा भर्ना हुनेहरुको संख्या मार्च १६ यताकै सबैभन्दा कम ४८३ मा झरेको छ । ११६ जना आईसीयुमा रहेका छन्, जुन मार्च १५ यताकै सबैभन्दा कम हो । ५६ जनालाई भने अहिलेपनि भेन्टिलेटरमा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा पनि संक्रमणदर निकै घटेको छ । सिटीमा संक्रमणदर शुन्य दशमलव २४ प्रतिशत रहेको छ । बिहिबार र शुक्रबार न्युयोर्क सिटीमा मृत्यु हुनेको संख्या शुन्य रिपोर्ट गरिएको छ ।

बुधबार भने एकजनाको मृत्यु भएको थियो । मंगलबार न्युयोर्क सिटीमा २ जनाको मृत्यु भएको थियो ।

न्युयोर्कको क्वीन्स एल्महस्र्टमा रहेको स्टारबक्स क्याफे । फोटो : खसोखास

न्युयोर्क सिटीमा अहिलेपनि रेष्टुरेण्ट, बार र क्याफेहरुमा भित्र खानको लागि अनुमति छैन । कतिपय रेष्टुरेण्टहरुले बाहिर खानाखाने स्थल बनाएका छन् ।

क्याफेहरुले भने टेकआउट सेवामात्र संचालन गरिरहेका छन् । रेष्टुरेण्टले आउटडोर संचालन गरेका खानाखाने स्थलमा भींडभाड बढ्न थालेको छ । सामाजिक दुरी कायम गरेर टेकआउट सेवामात्र संचालन गरिएका क्याफेहरुमा खास भींडभाड देखिदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com