अमेरिकामा विवाह समारोहबाट ५३ जनामा कोरोना संक्रमण, एकको मृत्यु


प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार

अमेरिकाको मेन राज्यको मिलिनोकेटमा एउटा विवाह समारोहमा सहभागीहरु कैयनमा कोरोना संक्रमण हुनुका साथै उनीहरुले अरु कैयनलाई संक्रमित बनाएको सीडीसी अधिकारीले पुष्टी गरेका छन् ।

सुरुमा विवाह समारोहमा सहभागी १८ जनामा संक्रमण पुष्टी भएको थियो भने उनीहरुसँग सम्पर्कमा आएका अरु ६ जना पनि संक्रमित भएका थिए । तर अहिले यो संख्या ५३ पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।

संक्रमितहरु ४ बर्षदेखि ९८ बर्षसम्मका रहेका छन् । संक्रमितहरुमध्ये ८३ प्रतिशतमा लक्षणहरु देखिएको सीडीसीले जनाएको छ ।

गत अगस्त ७ मा भएको एउटा विवाह समारोहमा उनीहरु सहभागी भएको जनाइएको छ । समारोहमा ६५ जना सहभागी भएका थिए । स्वास्थ्य विभागले सम्पर्कमा आएकाहरुका बारेमा थप जाँच गरिरहेको छ ।

मेनको सरकारले कार्यकारी आदेशमार्फत घरभित्र ५० जनाभन्दा धेरै जम्मा हुनमा रोक लगाएको छ । त्यस्तै घरबाहिर एकसयजनाभन्दा धेरै भेला हुनमा रोक लगाइएको छ । ठाउँ सानो भएको खण्डमा प्रत्येक एकहजार फिटमा ५ जनाभन्दा धेरै जम्मा नहुन भनिएको छ ।

कोरोनाको महामारीका कारण कैयन विवाह समारोहहरु स्थगित भइरहेका छन् । कतिपयले तत्कालका लागि विवाहका योजनाहरु परिवर्तन गरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com