बेलायतमा डिप्रेशनको लक्षण दोब्बर


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

नेपाली लिङ्क

गत वर्षको तुलनामा बेलायतका वयस्कहरुमा डिप्रेशनको लक्षण दोब्बर बढेको राष्ट्रिय तथ्याँक विभागले जनाएको छ । कोरोना भाइरस महामारी फैलिनु अघि प्रत्येक दशमध्ये एक जनामा डिप्रेशनको लक्षण देखिएकोमा उक्त महामारीपछि प्रत्येक पाँचमध्ये एक जनामा डिप्रेशनको लक्षण देखिएको हो ।

करिब एक वर्षको अवधिमा ३ हजार ५ सय भन्दा बढी वयस्कमा गरिएको अनुसन्धानद्वारा सो कुरा पुष्टि भएको हो । अनुसन्धानमा उनीहरुलाई डिप्रेशनसंग सम्बन्धित प्रश्न सोधिएका थिए  ।

दुई हप्ता अघिका गतिविधिहरु निन्द्रा वा भोकमा परिवर्तन, आफ्नो इच्छामा परिवर्तन, मनोरन्जनको क्षेत्रमा परिवर्तन तथा ध्यान केन्द्रित गर्नमा भएका कठिनाइ लगायतबारेमा अनुसन्धान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त अनुसन्धानका आधारमा २० प्रतिशतमा डिप्रेशनको लक्षण देखिएको पुष्टि भएको थियो जब कि गतवर्ष २०१९ मा १० प्रतिशत मात्र थियो  ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर एलेन फक्सले भनेका छन् ‘यो कुरा मनन गर्न आवश्यक छ कि यस अनुसन्धानले डिप्रेशनको उपचार गर्ने हैन बरु यसले दैनिक रुपमा हुने उदासिन भावना र व्यवहारलाई संकेत गर्दछ ।’

थोरै मानिसहरु अर्थात ३.५ प्रतिशतमा भने सुधारका लक्षण देखिए पनि १३ प्रतिशतमा भने मध्यमखि गम्भीर लक्षण देखिएको अनुसन्धान अवधिमा पाइएको छ ।

४० वर्ष भन्दा कम उमेरका मानिस, महिला, शारीरिक अपाङ्गता भएका  र ८ सय ५० पाउण्ड सम्मको खर्चका लागि संघर्ष गर्नेहरुमा डिप्रेशनको बढी प्रभाव देखिएको अनुसन्धानले बताएको छ ।

त्यस्तै धेरै मानिस तनाव वा चिन्ताका कारण डिप्रेशनबाट ग्रसित रहेको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com