अष्‍ट्रेलियामा नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

अष्‍ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराइने घोषणा गरेका छन्।

यो विश्वमहामारीले अष्‍ट्रेलियामात्र होइन संसारकै अर्थव्यवस्था तहसनहस पारिरहेको अहिलेको अवस्थामा अष्‍ट्रेलिया सरकारले महत्वपूर्ण घोषणा गरेको हो।

अष्‍ट्रेलियाले औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग कोभिड-१९को सम्भावित भ्याक्सिनका लागि सम्झौतामा हस्ताक्षर गरिसकेको छ। प्रधानमन्त्री मरिसनले मंगलबार भने, ‘‘औषधि आपूर्ति गर्ने देशसँग सम्झौता गर्नुपर्छ नै।’’

एक रिपोर्ट अनुसार एस्ट्राजेनेका प्रभावकारी भ्याक्सिन निर्माणको दौडमा सबैभन्दा अगाडि छ। सोही कम्पनीसँग अष्‍ट्रेलियाले आफूलाई आवश्यक पर्ने भ्याक्सिनको डोजका लागि आशयपत्रमा हस्ताक्षर गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री मरिसनले भने, ‘‘यो सम्झौताले हामीले अष्‍ट्रेलियाका लागि भ्याक्सिनमा चाँडो पहुँच बनाएका छौं। यदि यो भ्याक्सिन सफल भयो भने हामी आफैं पनि भ्याक्सिन निर्माण गर्ने छौं। हाम्रा जनतालाई निःशुल्क उपलब्ध गराउने छौं।’’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com