अष्ट्रेलियावासी चालिसे दम्पत्तिद्वारा छोरीहरुको जन्मदिनको अवसरमा क्रिकेट मैदान निर्माणमा सहयोग
प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार
अष्ट्रेलियावासी चालिसे परिवारले छोरीहरुको जन्मदिनको अवसरमा क्रिकेट मैदान निर्माणका लागि सहयोग प्रदान गरेका छन्। मेलबर्नवासी सुशील चालिसे र पत्नी अनिता भण्डारी चालिसेले छोरीहरुको जन्मदिनको अवसरमा गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग प्रदान गरेका हुन्।
चालिसे दम्पत्तिले जेठी छोरी शायनाको पहिलो जन्मदिन देखि नै सामाजिक संस्थालाई सहयोग प्रदान गर्दै आएका छन्। दोस्रो छोरी समिका चालिसेको जन्म पछि पनि यो शुभ कार्यलाई निरन्तरता दिंदै उनीहरुले छोरीहरुको हरेक वर्षको जन्मदिनमा नेपाली समुदाय तथा नेपालको हितमा क्रियाशील विभिन्न संस्थालाई आर्थिक सहयोग गर्दै आएका छन्।
जस अनुसार, उनीहरुले छोरीहरुको यस वर्षको जन्मदिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ सय अष्ट्रेलियन डलर आर्थिक सहयोग गरेका हुन्।







