साउथ अष्ट्रेलियाद्वारा अर्को महिना सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता ल्याउने तयारी


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

साउथ अष्ट्रेलिया सरकारले अर्को महिना सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता ल्याउने तयारी गरेको छ। राज्य सरकारले पाइलट प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरु ल्याउने तयारी गरेको हो।

उक्त पाइलट प्रोजेक्ट अनुसार, सुरुमा ३ सय अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई साउथ अष्ट्रेलियाले स्वागत गर्नेछ। उनीहरुको स्वास्थ्य जांच गरि ल्याइने र दुई हप्तासम्म सबै विद्यार्थीलाई क्वारेन्टिनमा राख्ने बताइएको छ।

ती ३ सय विद्यार्थीलाई सरकारले कसरी व्यवस्था गर्न सक्छ र कोरोना संक्रमणको अवस्था कस्तो रहन्छ, सोही आधारमा बाँकी विद्यार्थीहरुको बारेमा निर्णय लिइने सरकारले जनाएको छ।

यस पाइलट प्रोजेक्टको लागि सेप्टेम्बरमा सिंगापुरका ३ सय विद्यार्थीलाई ल्याइने बताइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com