अष्ट्रेलियामा बोर्डर बन्दका कारण आफ्नो नवजात बिरामी शिशुसंग छुट्टिनुपरेको आमाको व्यथा
प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार
अष्ट्रेलियामा अहिले कोरोना भाइरस संक्रमणका कारण राज्यहरुले बोर्डर बन्द गरिरहेका छन्।
न्यु साउथ वेल्स नर्थ कोस्टमा शुक्रबार एक शिशुको जन्म भयो। तर शिशुको स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई क्विन्सल्याण्डको ब्रिसबेन स्थित अस्पतालमा सार्ने निर्णय गरियो। शिशुलाई हेलिकप्टर मार्फत अस्पताल पुर्याउने निर्णय भयो। तर हेलिकप्टरमा ठाउँ नभएकोले आमा संगै जान नमिल्ने बताउंदै आमाबुवालाई कार मार्फत ब्रिसबेन स्थित अस्पतालमा पुग्न सुझाव दिइयो।
शिशुका आमाबुवाले बोर्डर पार गर्नको लागि कागजात बनाउंदै गर्दा अस्पतालले भने उनीहरु कोरोना भाइरसको उच्च जोखिम रहेको ठाउँबाट आउने हुनाले त्यो जोखिम लिन अस्पताल तयार नरहेको बतायो। उनीहरुलाई भिडियो कल मार्फत शिशु हेर्न सुझाव दिइयो।
शिशुकी आमा भन्छिन् , ” आफ्नो भर्खर जन्मिएको बच्चाको शरीरमा पाइपहरु जोडिएको छ। ऊ बिरामी छ। त्यस्तो अवस्थामा भिडियो कलमा हेरेर कसरी आमाको मनले मान्छ ? उसलाई नजिकबाट हेर्ने, उसलाई छुने, उसलाई म छु तिम्रो लागि भनेर हात समाउने, उसको स्याहार गर्ने सम्म पनि नपाउनु एउटी आमाले ? “।
शिशुका आमाबुवाको आग्रह र उनीहरुले तयार पारेका कागजपत्रका आधारमा अहिले अस्पतालले उनीहरुलाई सुरक्षा सतर्कताका साथमा अस्पतालको पछाडीको गेटबाट अस्पताल जान पाउने अनुमति दिएको छ र उनीहरु सोमबार बिहान ब्रिसबेनको लागि प्रस्थान गरेको बतैएको छ। Source : 7News





