अष्ट्रेलियामा सेनिटाइजरको अत्यधिक प्रयोगले ६ वर्षिया बालिका अस्पताल भर्ना


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

सेनिटाइजरको अत्यधिक प्रयोगले ६ वर्षिया बालिका अस्पताल भर्ना भएकी छिन्। ती बालिका मात्र नभई न्यु साउथ वेल्स पोइजन इन्फर्मेसन सेन्टरमा बालबालिकामा सेनिटाइजरका कारण स्वास्थ्य समस्या देखिएको भन्दै अहिलेसम्म हजारौं फोनकल आएको बताइएको छ।

सेनिटाइजरमा इथानोल नामक अल्कोहल हुन्छ। तर सेनिटाइजरलाई सुगन्धित बनाउनको लागि विभिन्न ब्राण्डले सुगन्धित सेनिटाइजर बजारमा ल्याएका छन्। बालबालिकाहरुले सेनिटाइजर अत्यधिक हातमा दल्ने र औंला नाकभित्र लैजाने, कहिले हातमा लगाइसकेपछि त्यो सुगन्धले गर्दा हात चाट्ने र कसैले सेनिटाइजर खाने समेत गरेका कारण समस्या देखिएको हो।

ती ६ वर्षिया बालिका खेल्दा खेल्दै बोल्न अप्ठ्यारो महसुस गरेकी थिइन्। उनको सासमा सेनिटाइजरको वासना आएको उनकी दिदीले बताएकी थिइन्। त्यस लगत्तै अस्पताल लगेपछि उनी निको भएर घर फर्किसकेकी छिन्। ती बालिकाले सेनिटाइजर अत्यधिक हातमा दल्ने, चाट्ने गरेको बताइएको छ। Source : 7News

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com