न्युयोर्कमा बेरोजगारी विमामा जालसाजी गर्नेहरु ४२ हजार बढी, संघीय अभियोजनकर्तालाई रिफर


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

कोरोनाको महामारीपछि न्युयोर्कमा बेरोजगारी विमामा जालसाजी गर्नेहरुको संख्या समेत ह्वात्तै बढेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरका अनुशार अहिलेसम्म बेरोजगारी विमामा झण्डै ४२ हजार जालसाजीको पहिचान गरिएको छ ।

१ बिलियन डलरभन्दा बढी रकमका लागि जालसाजी भएको र जालसाजीका कैयन केसहरु संघीय अभियोजनकर्ताहरुलाई पठाइएको जनाइएको छ । संघीय अभियोजनकर्ताहरुले थप अनुसन्धानपछि जालसाजीयुक्त आवेदककाबिरुद्धमा केसहरु तयार गर्ने जनाइएको छ । विगत १० बर्षको इतिहासमा नै सबैभन्दा धेरै जालसाजीका केसहरु संघीय अभियोजन कर्ताहरुलाई रिफर गरिएको विगत ५ महिनाको अवधिमा हो ।

परिचयको चोरी, काम गरिरहेकाहरुका बेरोजगारी विमाका आवेदन लगायतका कैयन जालसाजीका घटना भएको जनाइएको छ । कैयन आवेदनमा डिपार्टमेन्ट अफ लेवरले रकम प्रदान गर्न बन्द गरेको छ भने थप अनुसन्धान अगाडि बढाइसकेको छ । अनुसन्धानका क्रममा कतिपय वास्तविक आवेदनमा समेत रकम पठाउनमा ढिलाई भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ओहायोमा पनि त्यस्तै जालजासीका आवेदनहरु ठूलो संख्यामा परेको जनाइएको छ । त्यहाँ २ लाख ७० हजारभन्दा बढी जालसाजीयुक्त आवेदनहरु परेको रिपोर्टमा जनाइएको छ । परिणामस्वरुप जालसाजीयुक्त आवेदकको खातामा साप्ताहिक २ सय मिलियन डलर जाने अवस्था बनेको थियो ।

कोरोनाको महामारीपछि अमेरिकाभर ३० मिलियन भन्दा धेरैले काम गुमाएपछि बेरोजागरी विमा वा महामारी बेरोजगारी सहायताका लागि आवेदन दिने अवस्था आएको थियो । ठगहरुले महामारी बेरोजगारी सहायताको प्रणालीको दुरुपयोग गरेर जालसाजी गरेको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com