अष्ट्रेलियाको मेलबर्न स्थित एक एज्ड केयर होममा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु


प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार

अष्ट्रेलियाको मेलबर्न स्थित एक एज्ड केयर होममा रहेका ७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

पश्चिम मेलबर्नको Yarraville मा रहेको Doutta Galla एज्ड केयर सेन्टरमा पछिल्लो दुई हप्तामा ७ जनाको मृत्यु भएको हो। मृत्यु भएका मध्ये २ जनाको एज्ड केयर होममै र पाँच जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ।

हाल त्यहाँ रहेका मध्ये २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। र, कोरोना भाइरस संक्रमण नदेखिएका १७ जनालाई उनीहरुको सुरक्षाको लागि अन्यत्र सारिएको बताइएको छ।

उक्त एज्ड केयर होममा १६ दिन अगाडी पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com