अमेरिकामा परीक्षणमा रहेको मोडेर्नाको भ्याक्सिन चुनाव अगाडि नआउने


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

अमेरिकामा अन्तिम चरणको बृहत परीक्षणमा रहेको मोडेर्नाको भ्याक्सिनको नतिजा नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति चुनावभन्दा अगाडि नआउने भएको छ । मोडेर्नाको भ्याक्सिनका प्रमुख अनुसन्धानकर्ता डाक्टर इभान एन्डरसनले यसको खुलासा गरेका हुन् ।

मोडेर्ना अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको बृहत परीक्षण सुरु गर्ने पहिलो कम्पनी हो । यो परीक्षण ३० हजारमा सुरु भइरहेको छ । तीस हजारलाई नै भ्याक्सिनका डोजहरु दिन आगामी सेप्टेम्बरसम्म लाग्ने एन्डरसनको भनाई छ ।

भ्याक्सिनको बालबालिकामा प्रभावकारिता परीक्षण गर्न समय लाग्ने बताइएको छ । उनीहरुलाई भ्याक्सिन दिन सुरक्षित भए नभएको निर्धारण गर्न अलिक लामो समय लाग्ने भएकाले नोभेम्बर ३ अगाडि नै भ्याक्सिन आउन सम्भव नदेखिएको हो ।

अमेरिकन कम्पनी फाइजरले पनि जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिनको परीक्षण गरिरहेको छ । त्यस्तै बेलायतको आष्ट्राजेनेका कम्पनीले पनि भ्याक्सिनको परीक्षण गरिरहेको छ । यी कुनै पनि भ्याक्सिन नोभेम्बरभन्दा अगाडि आउने सम्भावना देखिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच रसियाले बनाएको भनिएको भ्याक्सिनको तेश्रो चरणको परीक्षण हुने भएको छ । रसियाले तेश्रो चरणको परीक्षण विना नै भ्याक्सिनलाई स्वीकृति दिएको थियो । तर भ्याक्सिनबारे आशंका बढेपछि अक्टोबरबाट तेश्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।

रसियन भ्याक्सिनले अर्कोबर्षको मेसम्ममा परीक्षण पूरा गरेर आम प्रयोगका लागि आउने अपेक्षा गरिएको छ । फिलिपिन्सका राष्ट्रपतिले तेश्रो चरणको परीक्षण सफल नभएसम्म भ्याक्सिन नलगाउने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com