बेलायतमा रोजगारी गुमाउंदै नेपाली


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

नेपाली लिङ्क

लन्डन बस्ने शिव भण्डारी जागिरविहीन भएको झन्डै ६ महिना पुग्यो । फूलटाइम काम गरिरहंदा पारिवारीक बाध्यताले जागिर छोडेका उनी लगत्तै कोभिड १९ को चपेटामा परे । कोभिड अनि लकडाउनका कारण धेरै कम्पनी बन्द भए, अस्तित्वमा रहेका कम्पनीले पनि कामदार निकाल्न थाले । परिणामत भण्डारीले पनि चाहेजस्तो काम पाइरहेका छैनन् । ‘आफ्नो समय अनुकुल र राम्रो तलब आउने काम खोज्दा खोज्दै यति समय बित्यो । अझै कामको टुङो छैन्’ उनले भने-‘परिस्थिति थप जटिल बन्दै छ ।’

सेन्ट्रल लण्डनको एउटा होटलमा काम गरिरहेका बिद्यार्थी विकास सिंह कोभिड महामारी अघिसम्म पार्टटाइम काम गरिरहेका थिए । तर लकडाउनपछि ग्राहक अभावमा होटलमा ताला लाग्यो । अप्रिल पहिलो साताबाट उनी जागिर गुमाएर अहिले अर्को कामका लागि भौंतारिरहेका छन्। ‘बाच्नै गाह्रो भइसक्यो । बिद्यार्थी भनेपछि कसैले राख्दैनन्’ उनको गुनासो छ-‘नेपाल जाउँ उता कोभिड त्रास झन् बढेको छ । बसौं बेलायतमा काम पाउनै मुश्किल भयो ।’

पीडा सर्बत्र छ । कोरोना भाइरसका कारण कयौँ कम्पनी बन्द भएपछि ब्रिटेनमा गएको एक दशक यताकै सबैभन्दा धेरै बेरोजगारी बढेको आधिकारिक तथ्यांकहरुले देखाएका छन्। गत अप्रिल देखि जुन २०२० को बीचमा २ लाख २० हजार मानिस बेरोजगार भएको ब्रिटेनको अफिस अफ न्याशनल स्टाटिस्टिक्स (ओएनएस) ले मंगलबार जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००९ मा विश्वव्यापी वित्तिय संकटयता एक त्रैमासिकमा यति धेरै मानिस बेरोजगार भएको यो नै सबैभन्दा ठूलो संख्या हो। यो तथ्यांकमा जागिर नगुमाए पनि घरमै बस्न भनिएका (फर्लो स्किम), जिरो आवर सम्झौतामा भएका वा अस्थायी रुपमा बेतलबी बिदामा रहेका मानिसहरुलाई समेटिएको छैन् ।

कोरोना महामारी शुरु भएयता बेलायतमा झन्डै ७ लाख ३० हजारले रोजगारी गुमाएका तथ्यांकले देखाएको छ । कोरोना संक्रमण नियन्त्रणको प्रयासमा लकडाउन लागू भएपछिको अवधिमा कूल ७ लाख ३० हजार जनाले रोजगारी गुमाएको तथ्यांकमा छ ।

अफिस फर नेशनल स्टाटिस्टिक्स् (ओएनएस) द्वारा सार्वजनिक तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्रै रोजगारी (पेरोल) मा रहने मानिसको संख्या ८१ हजारले घटेको छ ।

लकडाउनका बेला व्यवसाय टिकाइराख्न र बेरोजगारी बढ्न नदिन बेलायत सरकारले विभिन्न आर्थिक सहायता प्याकेज, भ्याट कटौती, ॠण सहुलियत गरी ४० बिलियन पाउन्ड भन्दा बढी उपलब्ध गराएपनि बेरोजगारी दर भने बढिरहेको छ ।

ओेएनएसको तथ्यांकले रोजगारीमा नरहेर वा आम्दानी घटेर सरकारी भत्ताका लागि आवेदन गर्नेको संख्या समेत उल्लेख्य बढेको देखाएको छ जसमा गत मार्चदेखि जुलाईसम्मको अवधिमा १ सय १७ प्रतिशतले बढेर २७ लाख पुगेको छ ।

नेपाली दूताबासका प्रबक्ता एबम उपनियोग प्रमुख शरदराज आरन महामारीको चपेटामा नेपाली पनि परेको बताउँछन् । उनका अनुमानमा बेलायतमा करिब २ लाख नेपाली बस्छन् । ति मध्ये काम गर्ने उमेर समूहका करिब ३० मध्ये झन्डै ६ प्रतिशत बेरोजगारीबाट प्रभावित भएको उनले बताए । ‘धेरैजसो नेपाली सेक्यूरिटी, हस्पिटल वा केयरहोमतिर काम गर्ने हुँदा त्यहाँ जनशक्ति सधैं खाचो हुन्छ । त्यसैले अरु समुदायभन्दा कम प्रभावित भएको मेरो बुझाइ छ’, उनले भने ।

रेस्टुरेन्ट, रिटेलरदेखि अन्य कयौँ व्यवसायले गत जुनमा मात्र एकलाख ४० हजार कामदार निकाल्ने घोषणा गरेका थिए ।

लण्डनमा ८ वटा टेक अवे रेस्टुराँ सन्चालन गरिरहेका व्यवसायी कुल आचार्य सरकारले साना व्यवसायलाई ठुलो आर्थिक राहत दिएपनि मन्दी सामना गर्नुपरेको बताउँछन् । ‘मेरो आफ्नै व्यवसायमा त असर परिसकेको छैन् किनभने टेक अवे भन्दा सिटिङ रेस्टुराँ बढी मारमा परेको अवस्था हो । तर, समग्र नेपाली व्यवसाय संकट उन्मुख हुँदैछन् ।’

वर्तमान परिस्थितिका कारण कर्मचारी केही कटौती गर्नुपरेको उनले बताए । सरकारको ग्रान्ट, भ्याट कटौती, ॠण सहुलियत र ‘इट आउट टु हेल्प आउट’ जस्ता स्किमले साना व्यवसाय झन् नाफामा भएको पनि आचार्यको बुझाइ छ ।

बेलायत सरकारले कोभिड १९ महामारीका बेला संकटग्रस्त रेष्टुरेन्ट क्षेत्र उकास्ने उद्धेश्यले अगस्ट १ देखि ५० प्रतिशत छुट दिने स्किम ‘इट आउट टु हेल्प आउट’ कार्यान्वयनमा ल्याएको छ ।

जसअनुसार अब अगस्ट महिनाभर हरेक साता सोमबारदेखि बुधबारसम्म रेष्टुरेन्ट, पब तथा क्याफेहरुमा ‘इट इन’ गर्दा ग्राहकले ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो स्किमका लागि बेलायतभर ८३ हजार भन्दा बढी रेष्टुरेन्टले नाम दर्ता गरेका छन् । गत ९ अगस्टसम्म एक करोड ५ लाख बढीले उक्त स्किम दावी गरेको जनाइएको छ ।

यसैबीच, कोभिड १९ महामारीका कारण बेलायतले ११ बर्षको अवधिमा पहिलो पटक औपचारिक रुपमै रिसेसनमा गएको बुधबार जनाएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो ११ वर्षपछिको पहिलो पटक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com