डेढ बिलियन डलरमा मोडेर्नाको भ्याक्सिनका एकसयमिलियन डोज किन्न अमेरिका सहमत


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

अमेरिकी सरकारले परीक्षणका क्रममा रहेको मोडेर्नाको भ्याक्सिनको १ सय मिलियन डोज किन्न डेढ बिलियन डलर तिर्ने सहमति जनाएको मंगलबार डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले स्पष्ट पारेको छ । अमेरिकन कम्पनी मोडेर्नाले अहिले भ्याक्सिनको बृहत क्लीनिकल परीक्षण गरिरहेको छ, जसको नजिता छिटोमा अक्टोबरसम्म आउने अपेक्षा गरिएको छ ।

क्लीनिकल परीक्षण चलिरहेकै बेलामा मोडेर्नाले अमेरिकाका लागि १ सय मिलियन डोज भ्याक्सिन उत्पादन गर्नेछ । यदि भ्याक्सिन सफल भएमा उक्त डोजहरु आमरुपमा लगाउनका लागि उपलब्ध हुनेछन् । अमेरिकाले विभिन्न कम्पनीहरुसँग भ्याक्सिनका डोजहरु बुक गरिरहेको छ ।

अमेरिकाले भ्याक्सिनको परीक्षण गरिरहेको सानोफीलाई २ दशमलव १ बिलियनडलर, फाइजरलाई १ दशमलव ९५ बिलियन, जोन्सन एण्ड जोन्सनका लागि १ बिलियन डलर भ्याक्सिनका डोजहरुबापत दिन तयार रहेको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव अगाडि नै भ्याक्सिन आउने अपेक्षा गरेपनि आमरुपमा भ्याक्सिन उपलब्ध हुन कम्तीमा डिसेम्बरसम्म लाग्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोडेर्नासँगको सहमतिपछि अमेरिकाले थप ४ सय मिलियन भ्याक्सिनका डोजहरु समेत लिनसक्नेछ । अमेरिकन कम्पनीहरु मोडेर्ना र फाइजरले उत्पादन गरेका भ्याक्सिनहरु जुलाईको अन्तिम सातादेखि बृहत क्लीनिकल परीक्षणमा रहेका छन् । जस अन्तरगत तीसतीस हजारलाई भ्याक्सीन दिइएको छ ।

यसैबीच रसियाले तेश्रो चरणको क्लीनिकल परीक्षणविना नै भ्याक्सिन स्वीकृति गरेको जनाएको छ । तर उक्त भ्याक्सिन विश्व स्वास्थ्य संगठनले समेत सुचिकृत गरेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com