ट्रम्पबाट ४ कार्यकारी आदेशमा हस्ताक्षर, काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आज न्युजर्सीमा आयोजित पत्रकार सम्मेलनपछि ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

यसअगाडि काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय प्रदान गरिएको थियो । जुन गत जुलाई ३१ मा समाप्त भएको थियो । डेमोक्रेटिक सांसदहरु साप्ताहिक ६ सयको अवधि बढाउनुपर्ने पक्षमा देखिएपछि यसबारेमा सहमति कायम हुन सकेको थिएन ।

अतिरिक्त साप्ताहिक ४ सय डलर सरकारी कोषमा रहेको २५ बिलियन डलर समाप्त नहुँदासम्म वा आगामी डिसेम्बर ६ मध्ये जुन छिटो हुन्छ त्यतीन्जेलसम्म प्रदान गरिने कार्यकारी आदेशमा जनाइएको छ ।

ट्रम्पले जारी गरेका अन्य कार्यकारी आदेशहरुमा विद्यार्थी ऋणमा राहत, ,डिसेम्बर १५ सम्म इभिक्सन संरक्षण, बर्षको १ लाख भन्दा कम आम्दानी गनै कामदारहरुको पेरोल ट्याक्स तिर्नमा ढिलाई गर्नसकिने लगायत रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com