कोरोना संक्रमण बढेपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

कोरोना संक्रमण देखिएपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल गरिएको छ । एकै टोलमा आठ जनालाई संक्रमण भएपछि सो क्षेत्र सिल गरिएको हो ।

हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com