कोरोना संक्रमण बढेपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल


प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार

कोरोना संक्रमण देखिएपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल गरिएको छ । एकै टोलमा आठ जनालाई संक्रमण भएपछि सो क्षेत्र सिल गरिएको हो ।

हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com