अमेरिकन आईडलका परिकल्पनाकार साईमन फुलर र टिकटक मिलेर नयाँ प्रतिभा खोज्ने अभियान


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

पप आईडल र अमेरिकन आईडलजस्ता लोकप्रिय कार्यक्रमका परिकल्पनाकार साईमन फुलर भिडिओ शेअरिङ एप टिकटकसँग मिलेर प्रतिभाशाली कलाकारहरूको खोजीमा जुट्ने भएका छन्।

फुलरले महिला कलाकारहरूको चर्चित पप साङ्गीतिक समूह द स्पाईस गर्ल्सलाई पनि बाहिर ल्याएका थिए।

प्रतिभा खोजिने प्रतियोगितात्मक कार्यक्रममा इच्छुक कलाकारहरूले टिकटकबाट अडिशन दिन पाउनेछन्।

यो प्रक्रियाबाट “अहिलेसम्मकै सबैभन्दा संयोजित पप समूह” सिर्जना हुने फुलरको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पप लोकप्रियताको अर्को चरण’

मनोरञ्जन उद्योगमा स्थापित व्यक्तित्व फुलर ब्रिटिश नागरिक हुन्।

“पप स्टारहरूको अर्को पुस्ताले उक्त माध्यम उत्सुकतापूर्वक अँगालेको छ।”

“टिकटकका दर्शकहरूको सहयोगमा अविश्वसनीय कलाकारहरूलाई एक ठाउँमा ल्याएर म पप लोकप्रियताको नयाँ चरणलाई साकार बनाउँछु।”

टिकटकमा आफ्नो साङ्गीतिक सिर्जना शेअर भएपछि एमएक्सएमटून, डोजा क्याट्स से सो, डबेबीज रक्स्टार र मेगन दी स्ट्यालिअन्ज स्याभेज जस्ता कलाकारहरू लोकप्रिय भएका छन्।

जेनिफर लोपेज, जस्टिन बीबर र लिजोजस्ता ख्यातिप्राप्त कलाकारका गीतहरू टिकटकमा नृत्यका लागि दिइने चुनौतीका कारण अझ फैलिएका छन्।

टिकटकका प्रमुख कार्यकारी केभिन मायरले फुलरसँग मिलेर सञ्चालित योजनाबाट नयाँ कलाकारहरू फेला पार्ने अवसर भएको बताएका छन्। तीमध्ये धेरै जना अहिले टिकटकमा भएको भन्दै उनी तिनलाई सशक्त बनाउन सकिने धारणा व्यक्त गर्छन्।

फुलरको कम्पनी एक्सआईएक्स एन्टर्टेन्मन्ट अमेरिकाको लस एन्जलीस र यूकेको लन्डनमा दर्ता भएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूलाई टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीसँग कारोबार नगर्न ४५ दिनको समयसीमा तोकेकै बेला यो घोषणा भएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com