राहत प्याकेजबारेको वार्ता निष्कर्षविहिन, ट्रम्पलाई कार्यकारी आदेश जारी गर्न सुझाव


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

डेमोक्रेटिक सांसदहरु र ह्वाइटहाउसका वार्ताकारबीच कोरोनाभाइरस राहत प्याकेजबारेको आजको वार्ता निष्कर्षविहिन भएको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र चिफ अफ स्टाफ मार्क मेडोजसँग आज हाउस स्पीकर न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले भेटवार्ता गरेका थिए ।

आजको भेटवार्ताबाट कुनै सहमति कायम हुन नसकेको मन्चिनले जानकारी दिएका छन् । आजको छलफलमा कुनै प्रगति नभएकाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कार्यकारी आदेश जारी गर्न मन्चिनले सुझाव दिएका छन् ।

भाडा तिर्न नसकेकाहरुलाई निकाला हुनबाट रोक्न र काम गुमाएकाहरुलाई बेरोजगारी सहायता रकम बहाल गर्न कार्यकारी आदेशको आवश्यकता भएको मन्चिनले बताएका छन् । विगतको राहत प्याकेजमा एक्सपायर भएका केही प्रावधानलाई पुन लागु गराउन कार्यकारी आदेशको आवश्यकता परेको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजको भेटवार्तामा ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र चिफ अफ स्टाफ मार्क मेडोजले राहत प्याकेजको रकम बढाउन पेलोसीले गरेको प्रस्ताव अस्वीकार गरेका थिए । चक शुमरले आजको बैठक निराशाजनक भएको बताएका छन् । जब उनीहरु राहतको रकम बढाउन तयार हुन्छन्, अनिमात्र वार्ताका लागि आउन सुझाव दिएको पेलोसीले बताएकी छिन् ।

अब अर्को छलफल कहिले हुने भन्ने केही निश्चित छैन । डेमोक्रेटिक सांसदहरु साढे ३ ट्रिलियनको राहत प्याकेजका पक्षमा छन् भने ह्वाइटहाउस र रिपब्लिकनहरु १ ट्रिलियनसम्मको राहत प्याकेजका पक्षमा छन् । ह्वाइट हाउस सहमत भएमा काम गुमाएकालाई साप्ताहिक ६ सय दिने प्रस्तावलाई पनि समर्थन गर्ने रिपब्लिकन सांसदहरुले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com