पोर्चुगल: कोस्टा दा क्यापारिका समुन्द्री तटमा १६ बर्षीय युवामाथि छुरा प्रहार


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

कोस्टा दा क्यापारिकाका समूहहरू बीचको झगडा हुदा बिहीबार दिउँसो एक १६ वर्षीया युवामाथि छुरा प्रहार गरिएको छ । छुरा प्रहारबाट पीडित भुईमा ढलेका थिए ।

घटनास्थलमा रहेका अन्य युवाहरूले आक्रमणकारीलाई रोक्न प्रयास र अनुरोध गरेतापनि आक्रमणकारीले लगातार प्रहार गरेको प्रतक्ष्यदर्शीहरु बताउछन।

घटनास्थलमा भएका अन्यले प्रहरीलाई खबर गरेपछि आक्रमणकारी भागेका थिए ।

छुरा प्रहारबाट घाइते भएका युवकलाई घटनास्थलमा नै सामान्य उपचार गरि थप अवलोकन र उपचारको लागि गार्सिया डि ओर्टा अस्पतालमा लागिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समुद्री पुलिसको आधिकारिक स्रोतका अनुसार पाँच जना युवाको समूह समुद्री किनारमा अर्को समूहसँगै जम्काभेट भएपछि सामान्य बिबादका कारण असहज स्थिति भएको हो , यद्यपि यस आक्रमणलाई कारक कारणहरू स्पष्ट छैनन् र प्रहरीले अनुसन्धान गरिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com