१९० जना चढेको दुबईबाट उडेको एयर इन्डियाको उद्दार विमान दुर्घटना, १६ को मृत्यु
प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार
First responders gather around the wreckage of an Air India Express jet, which was carrying more than 190 passengers and crew from Dubai, after it crashed by overshooting the runway at Calicut International Airport in Karipur, Kerala, on August 7, 2020. – At least 14 people died and 15 others were critically injured when a passenger jet skidded off the runway after landing in heavy rain in India, police said on August 7. (Photo by – / AFP) (Photo by -/AFP via Getty Images)
१९० जना चढेको एयर इन्डियाको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुबईबाट उडेको उद्दार उडानमा १७४ जना बयस्क यात्रु, १० जना नावालक, २ जना पाइल र ४ जना विमानका कर्मचारीहरु रहेको जनाइएको छ ।
भारतको केरलको कोझिकोडमा अवतरणका क्रममा रनवेमा विमान अनियन्त्रित भएको थियो । त्यसपछि भएको दुर्घटनामा ज्यान गुमाउनेमा एकजना चालक समेत रहेका छन् । दुर्घटनामा अरु १० जना भन्दा बढी गम्भिर घाइते भएको जनाइएको छ ।
Pained by the plane accident in Kozhikode. My thoughts are with those who lost their loved ones. May the injured recover at the earliest. Spoke to Kerala CM @vijayanpinarayi Ji regarding the situation. Authorities are at the spot, providing all assistance to the affected.
— Narendra Modi (@narendramodi) August 7, 2020
विमानमा चढेका अधिकतम यात्रुहरुको दुबईको भिसा समाप्त भएको थियो भने कतिपयको जागिर गुमेका कारण स्वदेश फर्कदै थिए । कतिपय यात्रुहरु दुबई घुम्न गएका थिए भने कोरोना महामारीका कारण उतै अड्केका थिए ।
एयर इन्डियाको एक्सप्रेस फ्लाइट आईएक्स १३४४ दुबईबाट स्थानीय समय अनुशार दिउसो सबा २ बजे उडेको थियो । विदेशमा अड्केका आफ्ना नागरिकलाई उद्दार गर्ने बन्दे भारत मिसन अन्तरगत यो उडान दुबईबाट आफ्ना नागरिकहरु लिएर भारत गएको थियो ।
Air India Express Statement regarding incident involving Air India Express at Kozhikode pic.twitter.com/UPOE0y5TEr
— Air India Express (@FlyWithIX) August 7, 2020





