अष्‍ट्रेलियाको मेलबोर्नमा रहेका १४६ जना नेपालीमा कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमणको बढ्दो अवस्था देखिएको छ ।

अष्ट्रेलियाको परराष्‍ट्र मन्त्रालयलाई उद्धृत गर्दै भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले जनाए अनुसार भिक्टोरियामा रहेका १४६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

तीमध्ये ४२ जना संक्रमणमुक्त भइसकेको विज्ञप्तिमा जनाइएको छ। अझै पनि १०४ जना भने सक्रिय संक्रमित छन्। उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य छ।

भिक्टोरिया अष्‍ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य मानिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com