अस्ट्रेलियामा नेपाली फोटोग्राफर सरोज पन्त उत्कृष्ट फोटोग्राफीका कारण चर्चा कमाउँदै


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

बिगत केही समयदेखि बिदेशमा बस्ने नेपालीहरुले आफ्नो कला र ज्ञानले नेपालको शिर उच्च राखेको प्रमाणहरु धेरै छन् । अस्ट्रेलियामा पनि नेपाली मूलका फोटोग्राफर सरोज पन्त उत्कृष्ट फोटोग्राफीका कारण चर्चा कमाउँदै छन् ।

विशेष गरेर बन्यजन्तु र प्रकृति फोटोग्राफीमा अब्बल सरोज पन्तले बिगत ११ बर्ष अघिदेखि यो बिचित्रको महादेश अस्ट्रेलियाका सुन्दर तस्विरहरु आफ्नो क्यमरामा कैद गरिरहेका छन् ।

क्विन्सल्याण्ड राज्यको तोअम्बा ग्रामिण शहरमा बस्दै आएका पन्तले २०१९ सालमा खिचेको एक फोटोले स्थानिय समुदायमा निकै चर्चा पायो । अस्ट्रेलियाको स्थानिय प्रजातिको सुगा जस्तै देखिने “रेन्बो लोरकिट” चराको जोडीलाई “इन्द्रेणी प्रेम” बिम्बको रुपमा पन्तले फोटो फ्रेममा प्रस्तुत गरेका थिए । तस्विरमा मुटु आकारमा अंगालो मारेर बसेका यी इन्द्रेणी रङका दुई चराले माया, स्नेह, सम्बेदना र हेरचाहको विश्वलाई संदेश दिएका छन् ।

Saroj Panta
युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डले पन्तको उक्त फोटो नेपाली समुदायको सौगातको रुपमा आफ्नो केन्द्रिय कार्यालयमा राख्ने भएको छ । स्थानिय तोअम्बा नेपाली समुदायको तर्फबाट उक्त फोटो बिश्वबिद्यालयका उप कुलपति प्रफेसर जेराल्डिन मेकेन्जिलाई हस्तान्तरण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा उक्त बिश्वबिद्यालयमा कार्यरत नेपाली मूलका प्रोफेसर टेक मरासिनीको पनि उपस्थिती रहेको थियो । जुलाई २९ बुधवार विश्वविद्यालले आयोजना गरेको “तस्वीर हस्तान्तरण” कार्यक्रममा पन्तले गौरवमय तरीकाले नेपाली राष्ट्रीय पोशाकमा सजीएर आफ्ना्े उत्कृष्ट सिर्जना बिश्वबिद्यालयका उप कुलपतिलाई हस्तान्तरण गरेका थिए । बिश्वबिद्यालयको सभा कक्षमा पन्तको तस्विरलाई राखिने भएको छ ।

Australian Rainbow Lorikeet
पन्त भन्छन्, “वन्यजन्तुको तस्वीर हामीले हेर्दा जति सुन्दर हुन्छ त्यसलाई क्यामारामा कैद गर्न त्यती नै कठीन छ । मैले कुनै तस्वीर लिनलाई हप्तौ दिन लगाएको छु ।” स्वअध्यनबाटै फोटोग्राफीका सीपहरु सिकेका पन्तको मूल घर नेपालको गोर्खा जिल्ला हो । उनी सपरिवार ११ बर्ष देखि क्विन्सल्याण्डमा बस्दै आएका छन् ।

आगामी बर्ष तुअम्बा काउन्सिल र युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डसँग मिलेर बन्यजन्तु र प्रकृतिको बारेमा फोटो प्रदर्शनी गर्ने योजना रहेका पन्तले बताए ।

पन्तले स्थानिय तोअम्बा नेपाली समुदायमा हुने खेलकुद, नेपाली भाषा कक्षा, स्थानिय बहुसाँस्कृतिक कार्यक्रमहरुमा स्वयमसेवी भएर फोटो खिच्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com