अमेरिकामा मिथानोल मिसिएको सेनिटाइजर पिउने १५ जना अस्पताल भर्ना, ४ को मृत्यु


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

अमेरिकामा मिथानोल मिसिएको विशाक्त ह्याण्ड सेनिटाइजर पिउने १५ जना अस्पतालमा भर्ना भएका छन् । सीडीसीका अनुशार उनीहरुले काठबाट बनेको अक्लोहोल मिथानोल मिसिएको विशाक्त सेनिटाइजर पिएका थिए ।

अमेरिकामा एफडीएएले एससयभन्दा बढी प्रकारका सेनिटाइजरलाई घातकको सुचीमा राखिसकेको छ । गत जुन महिनादेखि मिथानोल मिसिएका सेनिटाइजरको सुची प्रकाशन गर्न थालेकोमा अहिले एकसयभन्दा बढी प्रकारका घातक सेनिटाइजरहरु पहिचान भइसकेको छ ।

सीडीसीले इथानोल वा इसोप्रोपानोल भएका सेनिटाइजरमात्र प्रयोग गर्न सुझाव दिएको छ । ती पनि अक्लोहोलका प्रकार भएपनि मिथानोल भने होइनन् । यद्यपी कुनै पनि प्रकारका सेनिटाइजरका मादक पदार्थका रुपमा सेवन गर्न निषेध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यु मेक्सिको र एरिजोनामा १३ बर्षदेखि ४३ बर्षसम्मका १५ व्यक्ति मिथानोल मिसिएको सेनिटाइजर पिएका कारण अस्पताल भर्ना भएकोमा ४ जनाको मृत्यु भएको छ । अन्य तीनजना आँखा नदेख्ने भएका छन्, जसलाई मिथानोलको साइड इफेक्टका रुपमा लिइएको छ ।

सेनिटाइजर पिएका केहीमा पेटमा समस्या आएको थियो भने केहीमा देख्नमा समस्या आएको थियो । केही व्यक्ति अचेत समेत भएका थिए । मिथानोल मिसिएको सेनिटाइजर प्रयोग समेत नगर्न चेतावनी दिइएकाले कसैले प्रयोग गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com