अमेरिकामा मिथानोल मिसिएको सेनिटाइजर पिउने १५ जना अस्पताल भर्ना, ४ को मृत्यु


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

अमेरिकामा मिथानोल मिसिएको विशाक्त ह्याण्ड सेनिटाइजर पिउने १५ जना अस्पतालमा भर्ना भएका छन् । सीडीसीका अनुशार उनीहरुले काठबाट बनेको अक्लोहोल मिथानोल मिसिएको विशाक्त सेनिटाइजर पिएका थिए ।

अमेरिकामा एफडीएएले एससयभन्दा बढी प्रकारका सेनिटाइजरलाई घातकको सुचीमा राखिसकेको छ । गत जुन महिनादेखि मिथानोल मिसिएका सेनिटाइजरको सुची प्रकाशन गर्न थालेकोमा अहिले एकसयभन्दा बढी प्रकारका घातक सेनिटाइजरहरु पहिचान भइसकेको छ ।

सीडीसीले इथानोल वा इसोप्रोपानोल भएका सेनिटाइजरमात्र प्रयोग गर्न सुझाव दिएको छ । ती पनि अक्लोहोलका प्रकार भएपनि मिथानोल भने होइनन् । यद्यपी कुनै पनि प्रकारका सेनिटाइजरका मादक पदार्थका रुपमा सेवन गर्न निषेध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यु मेक्सिको र एरिजोनामा १३ बर्षदेखि ४३ बर्षसम्मका १५ व्यक्ति मिथानोल मिसिएको सेनिटाइजर पिएका कारण अस्पताल भर्ना भएकोमा ४ जनाको मृत्यु भएको छ । अन्य तीनजना आँखा नदेख्ने भएका छन्, जसलाई मिथानोलको साइड इफेक्टका रुपमा लिइएको छ ।

सेनिटाइजर पिएका केहीमा पेटमा समस्या आएको थियो भने केहीमा देख्नमा समस्या आएको थियो । केही व्यक्ति अचेत समेत भएका थिए । मिथानोल मिसिएको सेनिटाइजर प्रयोग समेत नगर्न चेतावनी दिइएकाले कसैले प्रयोग गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com