बेलायतमा १० मध्ये ८ जनामा कोरोना लक्षण देखिएन


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

बेलायतमा कोरोना परीक्षण पोजिटिभ देखिएका दशमध्ये ८ जनामा कुनै पनि लक्षण नदेखिएको बेलायत सरकारको पछिल्लो अध्ययनले देखाएको छ ।

बेलायतको प्रमुख अध्ययन संस्था मानिने आरइएसीटी -१ ले करिब १ लाख ६० हजारलाई कोरोना संक्रमणको एन्टीजेन्स जांच गर्ने उद्देश्यले नाक तथा घाँटीको स्वाबको स्वेच्छिक परीक्षण गर्न घरमा सामग्री पठाएको थियो ।

जसमध्ये १ लाख ५९ हजार उनान्सय जनाको परीक्षण गर्दा १ सय २३ जनाको नमूना परीक्षणमा कोरोना पोजिटिभ भेटिएको थियो । जुन ०.००७७ प्रतिशत हुन आउँछ ।

इम्पेरीयल कलेज लन्डन तथा यसको सिष्टर एनएचएस ट्रष्ट एण्ड एमओआरआईद्वारा गत जुन १९ देखि जुलाई ८ सम्म गरिएको एक अनुसन्धानले बेलायतमा संक्रमण दर कम तर लन्डनमा भने संक्रमण दर तीव्र गतिले बढेको देखाएको छ ।

गत मेको तुलनामा यो दर ०. १३ प्रतिशतले कम देखिएको छ, जबकी त्यसबेला १ लाख २० हजार ६ सय २० जनामा गरिएको परिक्षणमा १ सय ५९ मा कोरोना संक्रमण देखिएको थियो ।

तर पछिल्लो समयमा गरिएको परीक्षण अनुसार ८१ प्रतिशतमा लगातार खोकी, उच्च ज्वरो, स्वाद वा गन्धमा परिवर्तन जस्ता कुनै पनि लक्षण परीक्षण गर्दाको समय र एक हप्ता अघिसम्म पनि नदेखिएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com