साप्ताहिक ६ सय गुमेपछि ५ डलरमात्र पाउँदैछन् यी राज्यमा काम गुमाएकाहरु


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता पाइरहेकाहरुलाई संघीय सरकारले उपलब्ध गराउँदै आएको साप्ताहिक ६ सय डलर समाप्त भइसकेपछि कतिपय राज्यमा काम गुमाएकाहरुले साप्ताहिक ५ देखि १० डलरसम्ममात्र पाइरहेका छन् । कतिपय राज्यहरुले उपलब्ध गराउने न्यूनतम बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताको रकम अत्यन्तै कम रहेकाले ती राज्यमा काम गुमाएकाहरु मारमा परेका हुन् ।

अमेरिकाका अधिकांश राज्यहरुले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता अन्तरगत तिर्ने न्यूनतम रकम एकसयडलर भन्दा पनि कम रहेको छ । हवाईले न्यूनतम साप्ताहिक ५ डलरमात्र दिने गरेको छ भने लुजियानाले न्यूनतम साप्ताहिक १० डलरमात्र दिने गरेको छ । त्यस्तै कनेक्टिकटले न्यूनतम १५ डलर, नर्थ क्यारोलिनाले न्यूनतम १५ डलर, नेभाडाले न्यूनतम १६ डलर, ओक्लाहोमाले न्यूनतम १६ डलर र डेलावरले न्यूनतम २० डलर दिएको तथ्यांकले देखाएको छ ।

एरिजोना र वासिंटन राज्यले दिने न्यूनतम रकम भन्दै सबैभन्दा धेरै साप्ताहिक १९० डलर रहेको छ । न्युयोर्कले जनवरीमा न्यूनतम १०४ मात्र दिएकोमा जनवरी २७ बाट बढाएर १७२ बनाएको थियो भने अप्रिलबाट १८२ बनाएको थियो ।

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता अन्तरगत अधिकतम रकम दिनेहरुमा कोलोराडो, कनेक्टिकट लगायतका राज्यहरु रहेका छन् । कोलोराडोले साप्ताहिक ६१८ डलरसम्म, कनेक्टिकटले साप्ताहिक ७२४ सम्म, हवाईले ६४८ डलरसम्म, इलिनोयले ६६७ डलरसम्म, मेनले ६६७ डलरसम्म, मासाचुसेट्सले १२३४ डलरसम्म, मिनेसोटाले ७४० डलरसम्म, न्युजर्सीले ७१३ डलरसम्म, ओहायोले ६४७ डलरसम्म, ओरेगनले ६४८ डलरसम्म, रोढ आइल्याण्डले साप्ताहिक ७३२ डलरसम्म र वासिंटनले साप्ताहिक ७९० डलरसम्म रकम दिदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुन राज्यको न्यूनतम र अधिकतम बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम कति छ ? थाहा पाउन यहाँ हेर्न सक्नुहुनेछ ।

अमेरिकामा अहिले झण्डै ३० मिलियनले काम गुमाएका छन् । उनीहरुले प्राप्त गर्दै आएको साप्ताहिक ६ सय डलरको अतिरिक्त चेक जुलाईको अन्तिम साताबाट पाउन छाडिसकेका छन् । अतिरिक्त चेक प्राप्त नगर्दा कैयनमा घर निकालाको र होमलेस हुने जोखिम समेत बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com