पोर्चुगल : बीच सडकमै ४७ बर्षे युवामाथि गोली प्रहार


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

पोर्चुगलमा बिच सडकमै ४७ बर्षे युवालाई गोली हानिएको छ। आज मंगलवार बिहान करिव ११ बजेर ५५ मिनेट जादा अल्मादाको लारन्जैरो नजिक रुवा लोपेज ग्रासामा सो घटना भएको हो।

ग्यास स्टेशन अगाडी बिच सडकमै ४७ बर्षे युवालाई अर्का व्यक्तिले गॊलि हानि भागेका छन्। गोली प्रहार गर्नेको प्रहरीले ब्यापक खोजी गरिरहेको छ।

गोली प्रहारबाट घाइतेको गार्सिया दे ओर्त अस्पतालमा उपचार भईरहेको छ। अप्रेशन गरि घाइतेको शरीरमा लागेको गोली निकालिएको प्रहरीले जनाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com