लेबननको राजधानी बेइरुतमा ठूलो विस्फोट


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

लेबननको राजधानी बेइरुतमा सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि ठूलो विस्फोटन भएको छ।

विवरणहरूका अनुसार सो विस्फोटन शहरको बन्दरगाह क्षेत्रमा भएको थियो। समाचारहरूमा दोस्रो विस्फोटन पनि भएको जनाइएको छ।

अधिकारीहरूले निकै हताहती भएको हुनसक्ने बताएका छन्।

अनलाइनमा राखिएका भिडिओमा विशाल धूवाँको मुस्लो र धेरै क्षति भएको देखिन्छ।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।

फैसला शुक्रवार हुँदै थियो।

दोस्रो विस्फोट

दोस्रो विस्फोट झनै ठूलो भएको बताइएको छ।

लेबननका स्वास्थ्यमन्त्रीले कैयन् हताहती र धेरै क्षति भएको बताएका छन्।

स्थानीय समाचारसंस्थाले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाएका छन्।

एकजना साक्षीले कानै फुट्ने जस्तो गरि पहिलो विस्फोटन भएको बताए।

विस्फोटको कारण प्रस्ट भएको छैन।

हालैका दिनमा लेबननमा सरकारले सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धयताको सबभन्दा खराब आर्थिक सङ्कटको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सडक प्रदर्शन भएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com