टिकटक बेचबिखनबाट अमेरिकालाई पैसा आउनुपर्ने डोनल्ड ट्रम्पको माग


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका छन्।

ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग सप्ताहान्तमा फोनमा कुराकानी गर्दा खरिद रकमको राम्रो भाग माग गरेको बताएका हुन्।

उनले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले सेप्टेम्बर १५ सम्म विक्रीको सहमति नगरे उक्त एपलाई प्रतिबन्ध लगाउने बताएका छन्।

ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि निगरानी गर्ने बताएपछि बाइटडान्सलाई टिकटकको अमेरिका व्यवसाय बेच्न दबाव परेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले टिकटकले चिनियाँ सरकारलाई तथ्याङ्क उपलब्ध गराएको आरोप लगाएको छ जसलाई टिकटक र बेइजिङले अस्वीकार गरेका छन्।

“अमेरिकाले विक्री रकमको ठूलो प्रतिशत पाउनुपर्छ किनभने हामी त्यसलाई सम्भव बनाइरहेका छौँ,” ट्रम्पले भने।

सर्त

अमेरिकी सरकारलाई पैसा दिनुपर्ने सर्तले किनबेचको छलफल गरिरहेका कानुनविज्ञहरूलाई थप असहज बनाएको छ किनभने किनबेचको सरकारी अनुमतिका लागि यस्तो सर्त असामान्य छ।

वकिल निकोलस क्लेनले सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार छैन।

चीनमा सरकारी चाइना डेली समाचारपत्रले मङ्गलवार चिनियाँ सरकारले चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने लेखेको छ।

सम्पादकीयमा उक्त पत्रिकाले अमेरिकाले त्यसो गरेमा त्यसको उत्तर दिन चीनसँग यथेष्ट उपाय भएको बताएको छ। मिट टेक्नोलोजी रिभ्यूका संवाददाता शार्लोट जीले ट्रम्पको कुरा अचम्मको रहेको बताएकी छन्।

उनले बीबीसी टुडेलाई भनिन्, “यो त झन्डै माफियाको जस्तो व्यवहार हो। प्रतिबन्धको धम्की दिएर विक्री रकम कम गर्ने अनि त्यसपछि त्यसबाट हामीले पनि पैसा पाउनुपर्छ भन्ने।”

गएको शुक्रवार ट्रम्पले माइक्रोसफ्टले टिकटकको अमेरिका व्यवसाय किन्ने कुराको विरोधमा रहेको बताएपछि सम्भावित विक्री अड्किएको थियो।

तर ट्रम्पले प्रस्तावित किनबेचलाई अनुमति दिने बताउनुले ह्वाइट हाउसको नीति फेरिएको भान भए पनि सहमतिको लागि दिइएको अन्तिम म्यादले समस्या ल्याउन सक्ने मानिएको छ।

ट्रम्पले भने, “टिकटकको अमेरिकी व्यवसाय सेप्टेम्बर १५ सम्म माइक्रोसफ्ट वा अरूले किन्न सकेन भने बन्द हुनेछ।”

माइक्रोसफ्टले आइतवार एउटा ब्लगमा आफ्नो प्रमुख अधिकृत सत्या नाडेला र ट्रम्पबीचको फोन वार्तापछि टिकटक किन्न छलफल जारी राख्ने बताएको छ।

माइक्रोसफ्टले सो फोन वार्ताको अन्य जानकारी दिन अस्वीकार गरेको छ।

BBC

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com