अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर हुँदै गएको दाबी गरेका छन् । उनले पत्रकारहरुसँगको कुराकानीका क्रममा पछिल्लो सातामा नयाँ संक्रमितको संख्यामा ६ प्रतिशत गिरावट आएको पनि बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आप्नो देशको स्थिति अन्या देशहरुको तुलनामा कैयौं गुणा राम्रो भएको पनि जिकिर गरे । अमेरिकी न्युज वेबसाइट एक्सिओससँगको कुराकानीमा उनले संक्रमितको अनुपातमा भइरहेको मृत्युको हिसाबले अमेरिकाको स्थिति युरोपभन्दा राम्रो भएको बताए ।
अमेरिकामा मृतक संख्या एक लाख ५५ हजारभन्दा बढी भएका बेला ट्रम्पको यस्तो बयान आएको हो । अमेरिकामा संक्रमितको संख्या ४७ लाख छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।