सेप्टेम्बर १५ सम्म अमेरिकन कम्पनीले नकिने टिकटकमा प्रतिबन्ध लगाइने : ट्रम्प


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

आगामी सेप्टेम्बर १५ सम्म अमेरिकन कम्पनीले नकिनेको खण्डमा टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गत शनिबार टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पले तयारी गरिरहँदा माइक्रोसफ्टले टिकटक किन्ने तयारी सुरुगरेपछि ट्रम्पले प्रतिबन्धको योजना स्थगित गरेका हुन् ।

माइक्रोसफ्टले टिकटकको कुनै भाग भन्दा पनि सम्पूर्ण रुपमा नै खरिद गर्नु उचित हुने ट्रम्पको भनाई छ । सम्झौताको अंशका रुपमा माइक्रोसफ्टले अमेरिकन सरकारलाई उचित रकम तिर्नुपर्ने ट्रम्पले बताएका छन् । माइक्रोसफ्टले अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजील्याण्डमामात्र टिकटक किन्न चाहेकोमा ट्रम्पले ३० प्रतिशतमात्र नकिनेर सबै टिकटक किन्न सुझाव दिएका हुन् ।

टिकटक किन्न तिरिएको रकमको अंश अमेरिकी सरकारलाई पनि आउनुपर्ने ट्रम्पले बताएका छन् । सरकारको कारण अमेरिकन कम्पनीले टिकटक किन्ने सम्झौता सम्भव हुने भएकाले केही रकम सरकारलाई पनि तिर्नुपर्ने ट्रम्पको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माइक्रोसफ्टले अहिलेसम्म सबैभन्दा ठूलो सामाजिक सञ्जालका रुपमा लिंक्डइन किनेको थियो, जसको मूल्य २७ बिलियन रहेको थियो । तर टिकटकको मूल्य झण्डै ५० बिलियन रहेको जनाइएको छ । टिकटक अमेरिकन कम्पनीलाई नबेचेको खण्डमा सेप्टेम्बर १५ पछि प्रतिबन्ध लगाइने ट्रम्पले स्पष्ट पारेका छन् ।

टिकटकमा रहेका अमेरिकनका तथ्यांकहरु चीनको सरकारले कब्जा गर्नसक्ने भन्दै अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन खोजेको हो । तर टिकटकले भने अमेरिकन प्रयोगकर्ताका तथ्यांकहरु अमेरिकामा नै स्टोर गरिएको बताउँदै आएको छ ।

अमेरिकामा टिकटकका झण्डै १० प्रतिशत प्रयोगकर्ताहरु रहेको बताइएको छ । टिकटकको कुल आम्दानीको झण्डै २० प्रतिशत अमेरिकाबाट हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com