कोरोनाबिरुद्धको खोप कहिलेपनि जाधुको छडी नबन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

विश्वभर कोरोनाबिरुद्धको खोपको आशा भइरहँदा विश्व स्वास्थ्य संगठनले भने कोरोनाबिरुद्धको खोप कहिलेपनि जाधुको छडी नबन्ने चेतावनी दिएको छ । सोमबार विश्व स्वास्थ्य संगठनले सामान्य अवस्था आउनका लागि लामोबाटो रहेको चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेड्रोस एडेहनम ग्रेब्रेयेससले विश्वका सबै देशहरुलाई मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, हात धुने र परीक्षण गराउने लगायतका मादपण्ड पूरा गर्न आब्हान गरे । मास्क विश्वब्यापी रुपमा एकताको संकेत बन्नुपर्ने उनले बताए ।
ट्रेड्रोस एडेहनम ग्रेब्रेयेससले भने -‘यो सन्देश सबै जनता र देशका सरकारहरुका लागि हो । यो सबै गर्नुहोला ।’

अहिले विश्वमा कोरोनाभाइरसबिरुद्धका कैयन भ्याक्सिनहरु अन्तिम क्लिनिकल परीक्षणमा रहेका छन् । अमेरिकामा फाइजर र मोडेर्नाका भ्याक्सिनहरुको तीसतीस हजारमा क्लीनिकल परीक्षण सुरु गरिसकिएको छ भने बेलायतमा आष्ट्राजेनेकाले भ्याक्सिनको परीक्षण अगाडि बढाइरहेको छ ।

अमेरिकामा सबैभन्दा छिटोमा आगामी अक्टोबरसम्ममा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमान दिनसक्ने जनाइएको छ । तर सर्वसाधारणको प्रयोगका लागि भने डिसेम्बरसम्म भ्याक्सिन उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com