अष्ट्रेलियाको भिक्टोरियामा कोरोना नियन्त्रणका लागि बेलुका ८ बजेदेखी कर्फ्यू


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमण बढिरहेको छ। भिक्टोरियामा हालसम्म कोरोना संक्रमण पुष्टि भएकाको संख्या १० हजार नाघेको छ।

कोरोना नियन्त्रणको लागि भिक्टोरिया राज्य सरकारले लकडाउनमा कडाइ गर्नेभएको छ। सरकारले आजदेखि लागु हुने गरि ६ हप्ताको लागि बेलुका ८ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू जारि गर्ने निरणय गरेको हो।

त्यस्तै शारीरिक अभ्यासको लागि दिनमा बढीमा १ घण्टा मात्र निस्किन पाइनेछ। सपिङ्गको लागि एक घरबाट एक जना मात्र र सबैभन्दा नजिकको स्टोरमा जानुपर्नेछ। रेष्टुरेन्ट तथा क्याफेमा टेक अवे र डेलिभरीको लागि सरकारले अनुमति दिएको छ। त्यस्तै, बिहिबार देखि वैवाहिक समारोहको लागि समेत बन्देज गरिएको छ।

नियम उल्लङ्घन गर्नेले १६ सय ५० डलर जरिवाना तिर्नुपर्ने बताइएको छ। विस्तृत जानकारीको लागि : vic.gov.au/coronavirus

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com