रक्सीको तलतल मेट्न सेनिटाइजर पिउने कम्तीमा १० को मृत्यु


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित सेनिटाइजर पिएका कम्तीमा १० जनाको मृत्यु भएको छ। कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको कुरीचेडुमा रक्सी पसल बन्द भएपछि केही स्थानीयले सेनिटाइजर पिएका थिए ।

उनीहरुले सेनिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको जनाइएको छ । उनीहरुले कम्तीमा १० दिन अगाडिदेखि त्यसरी सेनिटाइजर पिएको र त्यसपछि उनीहरुको मृत्यु भएको जनाइएको छ ।

ती सेनिटाइजरहरु विशाक्त भए नभएकोबारे अनुसन्धान सुरु गरिएको छ । कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले सेनिटाइजर पिएका थिए । लकडाउनका कारण रक्सी उपलब्ध नभएपनि सेनिटाइजर भने सजिलै उपलब्ध रहेको जनाइएको छ ।

अमेरिकामा घातकको सुचीमा १ सय बढी सेनिटाइजर

अमेरिकाको एफडीएले घातक ह्याण्ड सेनिटाइजरको सुची थपेको छ । अब कम्तीमा एकसय प्रकारका ह्याण्ड सेनिटाइजर घातक रहेको भन्दै प्रयोग नगर्न चेतावनी दिइएको छ ।

सेनिटाइजरमा इथानोल भएको उल्लेख गरिएपनि चेकगर्दा मिथानोल पाइएको एफडीएले जनाएको छ । काठबाट बनेको अक्लोहोल मिथानोल छालामा लगाउँदा घातक हुने र सुन्निएमा एकदमै खतरनाक हुने जनाइएको छ ।

एफडीले प्रयोगकर्ताहरुलाई झण्डै एकसय प्रकारका सेनिटाइजर प्रयोग नगर्न चेतावनी दिएको छ । तीमध्ये कैयन सेनिटाइजरहरु बजारबाट फिर्ता गरिसकिएको छ भने कतिपय फिर्ता गर्ने प्रकृयामा रहेका छन् । मिथानोल मिसाइएका सेनिटाइजरबाट अन्धोपन लगायतका घातक असरहरु पर्ने र व्यक्ति अस्पतालमा भर्ना हुने अवस्था आउनुका साथै मृत्युसमेत हुनसक्ने एफडीएले जनाएको छ ।

कुनै दुर्घटनावश बालबालिकाहरुले त्यस्तो सेनिटाइजर खाएमा वा कसैले मादकपदार्थका रुपमा त्यस्ता सेनिटाइजर प्रयोग गरेमा शरिर विशाक्त भएर ज्यानैसमेत जानसक्ने खतरा रहन्छ । खासगरी खाना खानुअगाडि त्यस्ता सेनिटाइजर हातमा लगाउँदा खानाको माध्यमबाट शरिरभित्र जाने खतरा रहन्छ ।

एफडीएले सुरुमा ९ प्रकारका ह्याण्ड सेनिटाइजरका बारेमा गत जुनमा चेतावनी जारी गरेको थियो ।पटकपटक गरी त्यो सुची अपडेट गरिदै आएको छ ।

एफडीएले कम्तीमा ६० प्रतिशत इथानोल भएको ह्याण्ड सेनिटाइजर प्रयोग गर्न र बारम्बार हात धुन सुझाव दिएको छ । मिथानोल मिसाइएका उत्पादनहरु प्रयोग नगर्न समेत चेतावनी दिइएको छ ।

घातक सेनिटाइजरको सुची

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com