साप्ताहिक ६ सय एकसाताका लागिमात्र बढाउने ह्वाइट हाउसको प्रस्ताव डेमोक्र्याट्सबाट अस्वीकार


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

काम गुमाएकाहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर दिने प्रावधान अस्थायी रुपमा बढाउन ह्वाइट हाउसले गरेको प्रस्ताव डेमोक्र्याट्सहरुले अस्वीकार गरेका छन् । डेमोक्रेटिक सांसदहरु यो प्रावधान अस्थायी रुपमा नभई आगामी जनवरीसम्म नै बढाउनुपर्ने पक्षमा छन् ।

साप्ताहिक ६ सयको प्रावधान शुक्रबार समाप्त भइसकेको छ । गत अप्रिलको पहिलोसातादेखि जुलाईको अन्तिम सातासम्म बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर प्रदान गरिएको थियो ।

साप्ताहिक ६ सय डलरको प्रावधान अस्थायी रुपमा बढाएर हिल्स एक्टलाई स्वीकार गर्न ह्वाइट हाउसले गरेको प्रस्ताव हाउस स्पीकर न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले अस्वीकार गरेका छन् । रिपब्लिकनहरुले बृहतरुपमा समाधानका लागि अवस्थालाई बुझ्न नसकेको भन्दै उनीहरुले यो प्रस्ताव अस्वीकार गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनसँग आफू र पेलोसीले गरेको भेटपछि शुमरले आफूहरुले लामो छलफल गरेको तर उनीहरुले समस्याको गुरुत्वलाई बुझ्न नसकेको बताए । आफूहरुले साप्ताहिक ६ सयको अवधि जनवरीसम्म लम्बाउनेगरी बिल पारित गरेको १० हप्ताभइसकेको भन्दै पेलोसीले अगाडि नै सहमतिका लागि नआएकोमा रिपब्लिकन सांसदहरुको निन्दा गरेकी छिन् ।

रिपब्लिकनहरुले साप्ताहिक ६ सय डलर एकसाताकोमात्र बढाउने प्रस्ताव गरेको र उक्त प्रस्ताव अर्थहिन भएको पेलोसीले बताइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार साप्ताहिक ६ सय डलर अस्थायी रुपमा बढाउनेमा डेमोक्र्याट्सहरु सहमत नभएको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com