नेपाली दूतावास लन्डनद्वारा कोरोना पीडितलाई सहयोग गर्नेप्रति आभार


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

कोरोना संक्रमण (कोभिड १९) बाट पीडित नेपालीहरुलाई पुर्याएको सहयोग र योगदानप्रति नेपाली राजदूतावास लण्डनले धन्यबाद ब्यक्त गरेको छ ।

नेपाली राजदूतावास लन्डनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहयोगका लागि विशेष योगदान गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युके, आयरल्याण्ड र माल्टा, यस राजदूतावासबाट वेलायत, आयरल्याण्ड र माल्टामा गठित कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र मर्जिङ नेपसक्स लगायत सबै संघसंस्था र समाज एवं समाजसेवी र स्वयंसेवकहरुलाई धन्यबाद ज्ञापन गरेको हो।

ति संघसंस्था र ब्यक्तिले कोरोना संक्रमणबाट पीडित संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा रहेका विद्यार्थी र वृद्धवृद्धा लगायत सम्पूर्ण नेपालीहरुलाई विभिन्न संघसंस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुरयाएका थिए ।

बेलायत सरकारका सम्बन्धित निकायहरु, स्थानीय काउन्सिलहरु र गोरखा वेलफेयर ट्रस्टलगायत अन्य सम्बद्ध निकायहरु एवं आयरल्याण्ड र माल्टा सरकारका सम्बन्धित निकायहरुले पुरयाएको योगदानको पनि दूतावासले सह्राना गरेको छ ।

विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरुलाई दुईवटा चार्टर फ्लाइटबाट गत महिना नेपाल पठाइएको थियो ।

नेपाली राजदूतावास लन्डन र गैर आवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा २ सय २९ जना नेपालीलाई स्वदेश फर्काइएको हो ।

फर्किनेहरुमा भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नेपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।

शुरुमा नेपाल फर्किन धेरैले नाम दर्ता गराएपनि विभिन्न कारणले गर्दा आधाजसो भने पछि हटेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com