नेपालसहित तीन देशलाई प्रवेश अनुमति र कोरोनाको भ्याक्सिन दिन चीन सहमत


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

चीनले नेपालसहित तीन देशका नागरिकलाई चीन प्रवेशको अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले नियमित पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानिस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिनुभएको हो ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गर्नुभएको छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । सो छलफलमा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको जानकारी पनि प्रवक्ता वाङले दिनुभयो । ‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ । मन्त्रीहरुबीच चार वटा विषयमा सँगै मिलेर काम गर्ने सहमति भएको छ । कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा लड्ने, आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने, फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।

त्यस्तै उहाँले चार देशले बीआरआई सहयोग जारी राख्ने कुरामा पनि सहमति भएको जानकारी दिनुभयो । ‘मन्त्रीहरूले सार्वजनिक सूचना प्रसारण महत्वपूर्ण छ । कोरोना रोकथाम र नियन्त्रणमा वैज्ञानिक सहयोग आदान प्रदान गरिनुपर्छ । महामारीको बिरूद्ध लड्ने प्रक्रियामा त्यहाँ कुनै भेदभाव, कलंक, जातीयता हुन नहुने बताउनुभयो ’, प्रवक्ता वाङले भन्नुभयो । उहाँले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जानकारी दिनुभयो । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानिस्तानले सहज रुपमा पाउनेछन् ।

‘भाइरससँग संयुक्त रूपमा लड्न चीनले फलदायी परिणामहरू प्राप्त गरेको छ । हामी निरन्तर लडाई जारी राख्ने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्न, जनस्वास्थ्यको रक्षा गर्न र उत्पादनको पुनः सुरुलाई बढावा दिन, सीमापार व्यापारको अविरल प्रवाहलाई सहजीकरण गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार चार देशले नीति र कार्यमा समन्वय र महामारी रोकथाम र नियन्त्रणमा आपसी सहयोग बढाउनेछ । चीन अन्य पक्षहरूसँग परीक्षण, उपचार, लागूपदार्थ र भ्याक्सिन सहयोग पुर्‍याउन र सार्वजनिक स्वास्थ्य क्षमता निर्माणमा सहयोग पुर्‍याउन तयार भएको छ । ‘चीनले एकपटक खोप विकास गरेपछि तीन देशहरूमा खोपको पहुँच बढाउन सहयोग पुर्‍याउँछ । अफगानिस्तान, पाकिस्तान र नेपालका सबै विदेश मन्त्रीहरूले यसको प्रशंसा गर्नुभएको थियो,’ प्रवक्ता वाङको भनाई थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com