न्यु साउथ वेल्सको महावाणिज्य दूतमा दीपक खड्का


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

बिगत ११ बर्ष देखि अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको लागि महावाणिज्य दूतमा सफल कार्य सम्पादन गरि रहनु भएका महावाणिज्य दूत दीपक खडकालाई हालै बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले चौथो पटक आगामी ४ बर्षको लागि सोहि जिम्मेवारीमा नियुक्त गरेको छ।

नेपाली बसोबासको दृष्टिकोण मात्र नभई अष्ट्रेलियाको ठुलो ब्यापारिक केन्द्र समेत रहेको न्यू साउथवेल्स राज्य धेरै कुराले व्यस्त र महत्वपूर्ण मानिन्छ । पेशाले ब्यबसायी दिपक खडका अष्ट्रेलियाको व्यस्त दैनिकीमा पनि बिगत ११ बर्षको अवैतनिक महावाणिज्य दूतको रुपमा खडकाले निर्बाह गरेको जिम्मेवारी प्रसंसा योग्य छ। नेपाल सरकारले आफुलाई आफ्नो काम प्रति र दिएको जिम्मेवारी प्रति बिश्वास गरेर पुन: यो जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै आफ्नो समय र साधन श्रोतले भ्याए सम्म तन,मन र धनले नेपाल र नेपाली समुदायको सेवा गर्न आफु सदैब तयार रहेको पनि खडकाले बताए।

११ बर्ष अगाडी जिम्मेवारी लिए संगै छुट्टै कार्यालय, कर्मचारी सहित हप्ताको ४ दिन खुल्ला रहने महावाणिज्य दूतको कार्यालयले दुइ देश बीचको बाणिज्य बिस्तार, नेपालको पर्यटन पर्बर्दन सहित नेपाली समुदायमा पर्ने जुन सुकै समस्यामा पनि आफ्नो भूमिका र अभिभाकत्व प्रदान गर्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com